चरिकोट । चेम्बर अफ कमर्स दोलखाको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । चम्बरको तेस्रो अधिबेशन तथा छैठौं साधारण सभाले रुद्रजंग बुढाथोकीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।
१६ सदस्यीय नयाँ जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ठकुरी, प्रथम उपाध्यक्ष राजकुमार खड्का, द्धितीय उपाध्यक्ष लिला बहादुर केसी सुवेदी चयन भएका छन् । यसैगरी महासचिव रामकृष्ण श्रेष्ठ, सचिव कृष्ण नेपाली, कोषाध्यक्ष भरत बस्नेत र सहकोषाध्यक्ष पवित्रा केसी निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा नवराज खतिवडा, कुमार कार्की, विनोद जिरेल, सिर्जना कुसुले, सागर प्रधान, सुनिना श्रेष्ठ, रोशन श्रेष्ठ र भिषा श्रेष्ठ रहेका छन् ।
सदरमुकाम चरिकोटमा शनिवार सम्पन्न संस्थाको साधारणसभा तथा तेस्रो अधिवेशनमा संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको छ ।