Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माओवादी राजनीतिमा सक्रिय हुँदै पुर्ब उपराष्ट्रपति पुन

काठमाडौं । पुर्ब उपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठकमा सहभागी भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पुनपनि सहभागी भएका हुन् । पुन यसअघि माओवादीका अन्य बैठकहरूमा सहभागी हुँदै आएका थिए ।

तर, पार्टी बैठकमा सहभागी भएको तस्बिर पहिलो पटक सार्बजनिक भएको हो ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सार्वजनिक गरेको फोटोमा पुर्ब उपराष्ट्रपति पुन बैठकमा सहभागी भएको देखिन्छ ।

पुनलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी भएको बताईएको छ । नेपालको दोस्रो र तेस्रो उपराष्ट्रपति भएका पुनले ७ वर्ष उपराष्ट्रपतिको भूमिका निर्वाह गरेका थिए । उनी पार्टी राजनीतिमा सक्रिय हुन खोजिरहेका छन् ।  स्थानीय समिति बैठकमा आगामी २१ पुसदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारी हुने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update