चरिकोट । दोलखाको लामाबगरदेखि सिन्धुपाल्चोकको बाह्रबिसेसम्म २२० केभी क्षमताको प्रसारण लाईन बन्ने भएको छ । जिल्लाको उत्तरी क्षेत्रबाट उत्पादित विद्युतलाई लक्षित गरी यो प्रसारण लाईन निर्माण गर्न लागिएको हो ।
४३ किलोमिटरको दुरीमा निर्माण हुने प्रसारण लाईनको क्षमता १२४० मेगावाट छ । जसमा १३५ वटा टावरहरु रहनेछन् । प्रस्तावित लामाबगर सबस्टेशनबाट सुरु हुने प्रसारण लाईनको अन्तिम विन्दु बाह्रबिसे सबस्टेशन हुनेछ । प्रसारण लाईनको प्रभावित क्षेत्रमा दोलखाको विगु गाउँपालिका वडा नम्बर १,२,३,४,५,७ र ८ र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर २ र ४ पर्दछ ।
प्रसारण लाईन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनका लागि सार्बजनिक सूचना जारी गरेको छ ।