काठमाडौं । नेकपा (एमाले) बाट निष्कासित नेता भीम रावलले गैर कम्युनिष्ट पार्टी बनाउने तयारी गरेका छन्। प्रजातान्त्रिक खेमाका नेताहरुलाई समेत समेटेर उनले गैरकम्युनिस्ट पार्टी बनाउने भएका हुन ।
रावलले बुधबार नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग छलफल गरेका थिए। उक्त छलफलमा रावलले आफूले परम्परागत ढाँचाका कम्युनिस्ट पार्टी गठन नगर्ने जानकारी गराए ।
उनले आगामी पुस १७ गते कार्की पार्टी बैंक्वेटमा पत्रकार सम्मेलन गर्दैछन् । सोही क्रममा पछिल्लो राजनीतिक अवस्थाबारे आफ्ना नीति, विचार र दृष्टिकोण सार्वजनिक गर्ने बताईएको छ।
त्यसलगत्तै देश दौडाहामा निस्कने उनको तयारी छ । रावलले आफ्ना विचारसँग सहमत राख्ने देभभरिका नेता–कार्यकर्तासँग अन्तरक्रिया पनि गर्ने बताएका छन्।