नेपाल, एक पवित्र भूमि र विश्वका लागि स्वर्गको टुक्रा, एक ऐतिहासिक समाज हो । जहाँ शहीदहरूको बलिदान र संघर्ष, आज देश निर्माणको आधार बनेका छन्। जब हामी चाडपर्व र अन्य समारोहका कार्यक्रम आयोजना गर्छौं, तब हाम्रो मनमा ती शहीदहरूको वलिदानीपुर्ण संघर्षको सम्झना आउने गर्दछ । आजको दिनमा नेपाल, राजनीतिक अस्थिरता र असहमतिका बीच, यो प्रश्न उठ्छ—हामीले गरेका संघर्ष र बलिदानहरूको सार्थकता कहाँ छ ? नेपाललाई विकास र समृद्धिको मार्गमा ल्याउनका लागि आवश्यक कदम के हुन सक्छन् ?
आजको नेपालको राजनीति, जसभित्र पार्टीहरूको बढ्दो संख्या र विचारधाराहरूको भिड छ, कुनै निश्चित दिशामा अघि बढ्न असमर्थ छ। यसका कारण, यदि हामीले राजनीतिक प्रणालीलाई एउटा परिष्कृत र स्थिर संरचनामा रूपान्तरण गर्न चाहन्छौं भने, हामीले कार्यकारी राष्ट्रपति र प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन प्रणालीलाई अपनाउनु आवश्यक छ। यसले सरकारको जिम्मेवारी र शक्तिलाई जनतासम्म पुर्याउन मद्दत गर्नेछ र नेपालको भविष्यलाई नयाँ दिशा दिनेछ।
नेपालको वर्तमान राजनीतिक संरचना र समाजमा रहेका विभाजनहरूको कारणले गर्दा हाम्रो देशको प्रगति अवरुद्ध भएको छ। आज हाम्रो राजनीति स्वार्थ र निजी लाभको लागि आधारित छ, जसले गर्दा नेपालको नागरिकहरूको भलाइ र समृद्धि अनदेखा गरिएको छ। यसका लागि, हामीले कार्यकारी राष्ट्रपति र प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचनलाई प्राथमिकता दिनुपर्नेछ।
नेपालको उन्नति र समृद्धिको लागि, हामीले सत्ता र जिम्मेवारीलाई सँगै समेट्ने एउटा प्रणाली निर्माण गर्नुपर्छ। यदि सत्तापक्ष र विपक्षका बीच स्वस्थ सहकार्य र संवादका लागि कुनै स्थिरता चाहिन्छ भने, प्रत्यक्ष निर्वाचन प्रणालीले यसलाई सम्भव बनाउनेछ। यस प्रणालीका माध्यमबाट, जनताले आफनै इच्छाअनुसार नेतृत्व चयन गर्न सक्नेछन्, जसले देशको विकास र समृद्धिमा सकारात्मक प्रभाव पार्नेछ। यसले केवल राजनीतिक स्थिरता ल्याउँदैन, साथै हाम्रो समाजको नीति र विकासका लागि भीषण निर्णय गर्ने क्षमता पनि प्रस्तुत गर्दछ।
समाजवाद र पूँजीवादका बीचमा सन्तुलन स्थापित गर्ने काम, केवल विचारका स्तरमा मात्र सिमित छैन। यसको व्यावहारिक कार्यान्वयनका लागि हामीले सामूहिक प्रयास र सशक्त नेतृत्वको आवश्यकता छ। समाजवादले सबै नागरिकको समान अवसर र अधिकार सुनिश्चित गर्ने काम गर्छ भने पूँजीवादले आर्थिक स्वतन्त्रता र प्रतिस्पर्धालाई प्रवर्द्धन गर्दछ। यस्ता दुई परिप्रेक्ष्यलाई मिलाएर, हामीले एक समृद्ध र समान समाजको निर्माण गर्न सक्छौं।
नेपालको भविष्यमा प्राकृतिक सम्पदा र संस्कृतिको संरक्षणको महत्त्व अतुलनीय छ। हामीले हाम्रो प्राचीन चिकित्सा प्रणाली, जडिबुटीका ज्ञान, र सांस्कृतिक धरोहरलाई जीवन्त राख्दै समृद्धि हासिल गर्न सक्छौं। यसका लागि, केवल राजनीतिक नेतृत्व मात्र होइन, समग्र नागरिक समाजको सक्रिय भूमिका आवश्यक छ।
आजको नेपालमा गहिरो परिवर्तन आवश्यक छ, र यो परिवर्तन केवल राजनीतिक विचारधारा वा पार्टीका बदलामा सीमित हुनु हुँदैन। हामीलाई एउटा यस्तो प्रणालीको आवश्यकता छ जहाँ जनताको प्रत्यक्ष सहभागिता र सशक्त नेतृत्वको माध्यमबाट देशलाई सही दिशा दिइन्छ। कार्यकारी राष्ट्रपति र प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन प्रणालीको थालनी गर्दा हामी एक बलियो र स्थिर राष्ट्रको निर्माण गर्न सक्षम हुनेछौं।
नेपालको पुनर्निर्माणका लागि सबै नेपाली नागरिकलाई मिलेर काम गर्नुपर्ने समय आएको छ। हामीले आफ्ना ऐतिहासिक बलिदान र संघर्षलाई याद गर्दै, एकजुट भएर देशको समृद्धि र विकासका लागि कार्य गर्नु आवश्यक छ। नेपाली समाजको सही मार्गदर्शन र नेतृत्वका लागि प्राकृतिक सम्पदाको संरक्षण र सांस्कृतिक धरोहरको महत्वलाई पनि ध्यानमा राख्दै, हामीले एक स्थिर, समृद्ध र न्यायपूर्ण नेपाल निर्माण गर्न सक्छौं।