Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
देशभरको मौसममा बदली

काठमाडौँ । काठमाडौँसहित देशभरको मौसम बदली भएको छ । मौसमविदहरुका अनुसार पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कतिपय स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुनेछ । 
हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । हिजो साँझबाट पश्चिम नेपालबाट सुरु भएको बदली आज अधिकांश क्षेत्रमा फैलिएको हो ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने छ । 

यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update