Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विभागीय कामको रिपोर्ट पेश गर्न एमालेको निर्देशन

काठमाडौँ । नेकपा एमालेले यही पुस १५ गतेभित्र पार्टीका विभाग प्रमुखहरूलाई विभागीय कामको रिपोर्ट दिन निर्देशन दिएको छ ।

महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा बुधबार केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठक राखेर यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा पार्टीका विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने र पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्त्वपूर्ण छलफल भएको महासचिव पोखरेलले जनाएका छन् ।

एमालेमा ३२ वटा केन्द्रीय विभाग छन् ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update