दुर्गा प्रसाईंले बैंकविरुद्ध दायर गरेको रिट खारेज
विराटनगर । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । उच्च अदालत विराटनगरको इलाम इजलासले मंगलबार सो रिट खारेज गरिदिएको हो । अब प्रसाईंले बैंकबाट लिएको ऋण असुल्न बैंकहरूलाई बाटो खुलेको छ ।
उच्च अदालतका प्रवक्ता युगेन काजी बान्तवाले मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको जानकारी दिए । बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए ।
कुमारी बैंकको शाखा कार्यालय विर्तामोडसहित चार वटा बैंकलाई प्रतिवादी बनाएर प्रसाईंले निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए ।
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१ २१:००
प्रतिक्रिया दिनुहोस्