Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अर्थमन्त्री खतिवडाले भने : एमसीसी सम्झौता तोड्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रन्छ,

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता तोड्दा अमेरिकासँगको सम्बन्ध विग्रने बताएका छन् । अमेरिकी सहयोग निकायसँग भएको एमसीसी सम्झौताबारे विवाद र बहस भैरहेका बेला अर्थमन्त्री खतिवडाले उक्त सम्झौता नेपालले तोड्न नहुनेमा जोड दिएका हुन् । सम्झौता तोड्दा अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिग्रिने उनको दाबी छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा वोल्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् । सत्तारुढ दलकै सांसद लगायतका नेताहरु नेपालको संविधान र कानुनसँग एमसीसीमा राष्ट्र हित विरोधी र नेपालको सार्वभौमिकतामा आँच आउने कुरा रहेकाले संशोधनबिना पारित गर्न नहुने अडानमा छन् ।

तर अर्थमन्त्री खतिवडाले संसदमा पनि उक्त सम्झौता पारित गर्नुपर्ने अडान लिएका हुन् । एमसीसी आयोजना हामी आफैंले गर्दाखेरि तोडेर मित्रराष्ट्रसँगको सम्बन्ध बिगार्ने र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्ने काम गर्नुहुन्न, यसबारे संसदले छिट्टै छलफल चलाउनुपर्छ, उनले भने ।

नेकपाले एमसीसी अध्ययन गर्नका लागि वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त कार्यदलले सम्झौतामा संशोधन नगरी संसदबाट पारित गर्न नहुने प्रतिवेदन दिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update