Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपाल र चीनबीच सम्झौता भएको बीआरआई फ्रेमवर्क दस्तावेज सार्वजनिक

काठमाडौं । नेपाल र चीनबीच बीआरआइ कार्यान्वयन सम्झौतापत्र सार्वजनिक भएको छ । हालै प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता पारदर्शी नभएको भन्दै प्रश्न उठ्न थालेपछि परराष्ट्र मन्त्रालयले बीआरआई कार्यान्वयन सम्झौता सार्वजनिक गरेको हो । 

पाँच बुँदे सम्झौतामा यसका पृष्ठभूमि, दुई देशबीचको पारम्परिक सम्बन्धको व्याख्यादेखि बीआरआईअन्तर्गतका परियोजनाहरुको कार्यान्वयनका बारेमा उल्लेख छ ।

बीआरआई परियोजना विशुद्ध आर्थिक विकास र उन्नतिका लागि केन्द्रित रहेको सम्झौताका बुँदाहरुबाट बुझ्न सकिन्छ । विभिन्न परियोजनाको छनोटदेखि कार्यान्वयनका विषयहरु विस्तृतमा समेटिएको सम्झौतामा १० वटा आयोजनाहरुको उल्लेख छ ।

बीआरआईअन्तर्गत ऋण नलिने भनेर नेपालमा बहस चलेकोमा सम्झौतामा ऋण उल्लेख छैन । आर्थिक सहायता, वित्तीय क्षेत्र सहायता, हिमालय सीमापार यातायात तथा कनेक्टिभिटी, व्यापार तथा औद्योगिक क्षेत्र र लगानीका क्षेत्रहरुबारे अलगअलग बुँदामा उल्लेख गरिएको छ ।

सम्झौतापत्रको पूर्ण पाठको लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update