बनेपा । काभ्रेमा ५५९.७ ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नम्बर १३ को डठु टोलमा गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्लाको रोशी गाउँपालिका वडा नम्बर–९ का ३७ वर्षीय वसन्तकुमार लामा र रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर १ घर भई हाल काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ५ घोगेचौर बस्ने २९ वर्षीय अमृत श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको वाग्मती एडी ८६०१ नम्बरको नीलो रंगको कारलाई रोक्दा सिटमुनि पत्रिकामा पोका पारी लुकाइराखेको ५५९.७ ग्राम (४७.९८४ तोला) सुन प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार बरामद सुनको मूल्य ७१ लाख ८३ हजार ४ सय ६९ रुपैयाँ रहेको छ ।
प्रहरीका अनुसार कारचालक बसन्तकुमार लामा र सोही कारमा सवार अमृत श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाईएको छ ।