एमाले सचिवालय बैठकमा चीन भ्रमणको एजेण्डा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समिक्षा हुने भएको छ । मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकमा चीन भ्रमणबारे छलफल हुन लागेको हो ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१ ०९:२३
प्रतिक्रिया दिनुहोस्