Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गौरीशंकरमा माओवादी उम्मेदवारलाई पछि पार्दै उमा शेर्पाको अग्रता 

चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदको मतगणनामा एमाले अघि लागेको छ । माओवादी केन्द्रको अग्रता तोड्दै एमालेकी उम्मेदवार उर्मा शेर्पाले अग्रता लिएकी हुन् । वडा नम्बर ५ र ६ को मतगणना गर्दा उमाले १९७२ मत ल्याएकी छन् । माओवादी केन्द्रकी निमलेकीले १९०६ मत पाएकी छन् ।

१ देखि ४ नम्बरसम्मको मतगणना गर्दा  निमलेकी ३६७ मतले अघि थिईन् । उक्त ऋण तिरेर उमाले ६६ मतान्तरले अग्रता लिएकी हुन् । 
यस्तै कांग्रेसकी पासदिकी तामाङले १२८१ मत प्राप्त गरेकी छन् । यसैगरी रास्वपाले ७७, राप्रपाले ७६, एकिकृत समाजवादीले ७१ मत पााएका छन् । यो मतपरिणाम १, २, ३, ४, ५ र ६ नम्बर वडाको हो ।  

गौरीशंकरमा उपाध्यक्ष पदका लागि आईतवार भएको मतदानमा ७ हजार ५ सय ९० अर्थात ४८.२९ प्रतिशत मत खसेको थियो  । यो गाउँपालिकामा १५ हजार ७ सय १८ मतदाता थिए । 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update