जलविद्युत आयोजनामा सेयर हाल्न सरकारको सहुलियतपुर्ण ऋण
काठमाडौं । सरकारले जलविद्युत आयोजनामा लगानी गर्न स्थानीयलाई सहुलियतपुर्ण ऋण प्रदान गर्ने भएको छ । गरिबीको रेखामुनी रहेका विपन्न वर्गलाई त्यस्तो ऋण दिन लागिएको हो ।
उर्जा मन्त्रालयका अनुसार नहुने वर्गलाई समावेश गर्न जनताको जलविद्युत कार्यक्रमको कार्यविधि संसोधन गरेर यस्तो व्यवस्था गरिएको छ । आयोजना हेरेर कम्तीमा पनि दुई लाख रूपैयाँ नघट्ने गरी ऋण उपलब्ध गराउने तयारी भैरहेको मन्त्री दिपक खड्काले जानकारी दिए ।
उनका अनुसार यो व्यवस्था बुढीगण्डकी, अपर अरूण लगायत आयोजनाबाट सुरू गरिनेछ । यस्तो ऋण आयोजनमा लगानी गर्न स्थानीय प्रभावितलाई प्राथमिकतामा राखिने बताईएको छ । त्यसपछि स्थानीय तह जिल्ला हुँदै देशभरका विपन्न वर्गसम्म पुग्ने योजना छ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १६:५३
प्रतिक्रिया दिनुहोस्