गौरीशंकरमा एमाले र माओवादी उम्मेदवारबीच ३६७ को मतान्तर
चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । चार वटा वडाको मतगणना सक्दा माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पाले १३८० मत पाएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उमा शेर्पाले १०१३ मत ल्याएकी छन् । उनीहरुबीच ३६७ मतको मतान्तर देखिएको छ ।
कांग्रेसकी पासदिकी तामाङले ७९६ मत प्राप्त गरेकी छन् । यसैगरी रास्वपाले ६०, राप्रपाले २९, एकिकृत समाजवादीले ३१ मत पााएका छन् । यो मतपरिणाम १, २, ३ र ४ नम्बर वडाको हो ।
गौरीशंकरमा उपाध्यक्ष पदका लागि आईतवार भएको मतदानमा ७ हजार ५ सय ९० अर्थात ४८.२९ प्रतिशत मत खसेको थियो । यो गाउँपालिकामा १५ हजार ७ सय १८ मतदाता थिए । राजनीतिक दल र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १६:१४
प्रतिक्रिया दिनुहोस्