गौरीशंकरमा माओवादी केन्द्रलाई सुरुवाती अग्रता
चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पाले ८०९ मतका साथ अग्रता लिएकी हुन् ।
उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उमा शेर्पाले ४४७ मत ल्याएकी छन् भने कांग्रेसकी पासदिकी तामाङले २४० मत प्राप्त गरेकी छन् । यसैगरी रास्वपाले १८, राप्रपाले १८, एकिकृत समाजवादीले १४ मत पााएका छन् । यो मतपरिणाम वडा नम्बर १ र २ जुँगुको हो । यी वडा माओवादी प्रभाव क्षेत्र मानिन्छ ।
गौरीशंकरमा उपाध्यक्ष पदका लागि आईतवार भएको मतदानमा ७ हजार ५ सय ९० अर्थात ४८.२९ प्रतिशत मत खसेको थियो । यो गाउँपालिकामा १५ हजार ७ सय १८ मतदाता थिए । राजनीतिक दल र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १४:०४
प्रतिक्रिया दिनुहोस्