Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेताहरुको घोषणा : ‘गौरीशंकरमा एमालेको विजयलाई कुनै तागतले रोक्न सक्दैन’

चरिकोट । नेकपा एमालेका नेताहरुले दोलखाको गौरीशंकरमा हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारको विजयलाई अब कुनै तागतले रोक्न नसक्ने घोषणा गरेका छन् । चुनाव प्रचार प्रसारको अन्तिम दिन झ्याँकुमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले यस्तो घोषणा गरेका हुन् ।

पुर्ब मन्त्री समेत रहेका पोलिट व्यूरो सदस्य पार्वत गुरुङले गौरीशंकरमा एमालेबाहेक अब कुनै पार्टीले चुनाव जित्न नसक्ने ठोकुवा गरे । ‘गौरीशंकरमा जनताले कांग्रेस माओवादीको परीक्षण गरिसके, विकासमा शुन्यता र बेथिति बाहेक जनताले केही पाएनन्, त्यसैले उपनिर्वाचनमा एमालेको विजयलाई अब कसैले रोक्न सक्दैन, उनले भने ।’
राष्ट्रिय राजनीतिमा पाखा लागिसकेको माओवादी अब स्थानीय स्तरमा पनि समाप्त हुने गुरुङको दाबी छ ।नेता वालकृष्ण शिवाकोटीले प्रचार अभियानका क्रममा देखिएको जनताको समर्थनले उपनिर्वाचनमा एमालेको जित सुनिश्चित भैसकेको बताए ।

‘एमालेले सही उम्मेदवार अघि सारेको छ, त्यसैले जनताको व्यापक साथ समर्थन उहाँले पाईसक्नु भएको छ, उनले भने, १६ गतेको निर्वाचनमा मतदान मार्फत जनताले उमा शेर्पालाई जिताउने छन् ।’

वाग्मती प्रदेश सभा सांसद एवं एमाले नेता भरत केसी, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, निमा लामा लगायतका नेताहरुले ढुक्कका साथ मतदात गर्न आग्रह गर्दै एमाले उम्मेदले ठुलो मतान्तरले जित्ने बताए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update