उद्योगहरुको विजुली नकाट्ने विद्युत प्राधिकरणको निर्णय
काठमाडौं । बक्यौंता तिर्न बाँकी उद्योगहरुको विजुली नकाटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले बिजुली नकाट्ने निर्णय गरेको हो ।
यसअघि विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो ।
स्रोतका अनुसार बोर्डले गरेको उक्त निर्णय प्रति भने दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका छन्।
नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नु नेपाल विद्युत् प्राधिकरणको ‘परम कर्तव्य’ भएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ १३:५३
प्रतिक्रिया दिनुहोस्