हाम्रो मौलिक संस्कार–संस्कृतिसँग जोडिएर आउने सबै कुरा लोप भएर जाँदैछ । बाह्य कुराहरुले हस्तक्षेप गरेको देख्दा मौलिक धर्मसंस्कृति, भेषभुषा, रितिरिवाजका कुरा संकटमा पर्दै गएको छ । यसलाई जसरी भएपनि जोगाउनुपर्छ । जति अघिल्लो पुस्ताले हाम्रो संस्कार संस्कृति मान्नु हुन्थ्यो । त्यो कुरा हाम्रो पालासम्म आउँदा धेरै कम भैसकेको छ । हामीभन्दा अगाडीको पुस्तामा त झन थियो रे भन्ने मात्रै हुन्छ कि भन्ने खालको चिन्ताको विषय छ । त्यसैले विगु गाउँपालिका टिमले यो गर्नुपर्ने काम हो भनेर दुई आर्थिक वर्षमा बजेट छुट्याउने काम गरेको छ ।
थामी समुदायको मौलिक संस्कृतिपनि लोप हुँदै गएको छ । त्यसैले यो समुदायको कर्मकाण्ड सिलोके पालाखेलाई अघिल्लो पटक जिल्लाव्यापी रुपमा संकलन गरेर प्रकाशन गरियो । यसलाई संरक्षण गर्नको निम्ति अहिले गरिएन भने झन लोप हुने भएकोले यसपाली त्यसलाई निरन्तरता दिँदै राष्ट्रिय स्तरमा लिपिबद्ध गर्दै सबैलाई मान्य हुनेगरी बनाउनुपर्छ भनेर लाग्यौं ।
दोलखाको विगु गाउँपालिकामा थामी जातीको दोस्रो जनघनत्व रहेको छ । विशेषगरी थामी लगायत आदिवासी जनजाती समुदायको भाषा, संस्कार, संस्कृतिलाई फोकस गरेर त्यस्ता कार्यक्रमलाई पनि जोड दिएका छौं । बर्गलाई उठाउने कुरा महत्वपुर्ण कुरा भएकोले सबैलाई समेटर काम गर्ने प्रयास गरिएको छ ।
सबै कुरा हराएर गयो भने हामीले थामी भनेको के हो भनेर खोज्नुपर्ने अबस्था आउन सक्छ । मौलिक धर्म–संस्कृतिलाई जोगाएर राख्न सकेनौं भने, पछाडी आउने पुस्तालाई ती कुराहरु हस्तान्तरण गर्न सकिएन भने हाम्रो पहिचान नै नरहने भएकोले अलि धेरै चिन्ता थियो । जति गर्न सकियो यसमा चाँही धेरै खुसी लागेको छ ।
काम गर्ने कुरामा धेरै अप्ठ्याराहरु छन् । जुनबेला देखि सुरुवात गरियो, त्यो बेलादेखि नै सिलोके पालाखेलाई पुस्तकमा उतार्न आफ्नो सम्पुर्ण समय लगाउनु भएको छ ।
यो कार्यान्वयन गराउनको निम्ति चाँही तपाई हाम्रो र विगु गाउँपालिकाको चासोले मात्रै नहुने रहेछ । किनकी यो देशको अमूल्य सम्पति हो । यसलाई जोगाउन तीन तहका सरकार, भाषा, संस्कृतिको क्षेत्रमा काम गर्ने बिभिन्न संघसंस्थाहरु, समाजका बुद्धिजिबी अग्रजहरु, युवाहरु सबै लागेर यसको कार्यान्वयनमा लाग्नुपर्छ ।
हामीले बनाउन त बनायौं तर बिभिन्न ठाउँमा यसको अध्ययन गर्न गाह्रो भैरहेको छ । अहिले नेपाल भरिको थामी समुदाय बाहुल्य क्षेत्रमा पु¥याउँदा पनि उहाँहरुलाई बुझाउन गाह्रो भैरहेको छ । यसमा युवा पुस्तालाई संलग्न गराउन बिभिन्न प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्नुपर्छ । जिल्ला जिल्ला, टोलटोलमा अवार्डनेसका कार्यक्रमहरु गर्नुपर्छ । सरोकारवाला व्यक्ति तथा संस्थाहरु, नेपाल थामी समाजको केन्द्र, त्यसपछि तत्तत् जिल्ला कार्यसमितिहरु सबै लागेर यसलाई कार्यान्वयन ग¥यौं भने यो बनाएको सार्थकता हुन्छ । यसलाई राष्ट्रिय÷अन्तराष्ट्रिय क्षेत्रमा स्थापित गर्न राज्यको विशेष ध्यान जानुपर्दछ ।
जुन लक्षित वर्गभित्र हामी पर्दछौं । हाम्रो समुदायमा हेर्ने हो भने अहिले पनि खाली खुट्टै हिँड्नेको जमात देख्छौं । बिहान खाए बेलुका के खाने भन्ने समस्यासँग संघर्ष गरिरहनु परेको छ । अहिलेको शताब्दीमा अन्य देश, अन्य समुदायलाई तुलना गर्दा हामी अझै ढुंगे युगमा छौं । त्यसकारण सरकारले लक्षित बर्गलाई उठाउनको निम्ति छुट्टै खालका कार्यक्रमहरु ल्याउनुपर्छ । आरक्षण कोटाहरु बढाउनुपर्छ ।
जनजाति भित्र पनि पहुँच पुग्न सकेको छैन । किनकी हामीलाई खानकै लागि संघर्ष गर्नुपर्ने अवस्था छ । अन्यसँग प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति तयार भैसकेको छैन । महिलाको समस्या हेर्ने हो भने झन दर्दनाक छ । त्यसैले तत्तत् समुदायलाई लक्षित गरेर छुट्टै कार्यक्रम बनाएर माथि उठायौं भने मात्रै अन्यसँग प्रतिस्पर्धा गर्न योग्य बनाउन सक्छौं ।
राज्यले छुट्टै नीति तथा कार्यक्रम बनाएर, बजेट छ्ट्याएर त्यसमा अवार्डनेस नगराउने हो भने सबै कुरा माथि उठाउन अझै धेरै समय लाग्छ । समानता हाँसिल गर्न सकिँदैन । हामी हिजोदेखि धेरै कुराले पछि परेका कारण अरु सरह दौडिन सक्दैनौं । यसतर्फ राज्यले ध्यान नदिने हो भने हामीले लोकतन्त्रको अनुभुति गर्न सक्दैनौं ।
–कुराकानीमा आधारित