Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बिप्लव नेतृत्वको पार्टीका नेताहरुद्धारा पार्टी परित्यागको घोषणा

चरिकोट । दोलखामा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अधिकांश नेताहरुले पार्टी परित्याग गरेका छन् । जिल्ला सेक्रेटरी अर्जुन योगी सहित १६ जना नेता, कार्यकर्ताले बुधवार सामुहिक राजिनामा दिँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरुमा वैकल्पिक केन्द्रीय सदस्य एवँ जिल्ला सेक्रेटरी अर्जुन योगी, पूर्व जिल्ला संयोजक एवँ केन्द्रीय प्रतिनिधि राजन धनुके, केन्द्रीय प्रतिनिधि सिताराम उप्रेती, जिल्ला सचिवालय सदस्य एवँ तामाकोशी गाउँपालिका इन्चार्ज नविनकुमार नेपाली लगायत रहेका छन् ।

महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ र प्रवक्ता खड्गवहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लाई सम्वोधन गरिएको राजिनामा पत्रमा उनीहरुले पार्टीबाट राजीनामा दिनुको कारण उल्लेख गरेका छन् ।  कम्युनिष्टहरुको एकता, धुव्रिकरण र पुर्नमिलनका लागि सामुहिक राजिनामा दिएको उनीहरुको भनाई छ । 

467680009_940482551549775_3195029157547750489_n-1732161686.jpg
 

467716948_940482618216435_108960801033743601_n-1732161653.jpg
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update