Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘गौरीशंकरमा कांग्रेसमाथि माओवादीबाट गम्भिर धोका भयो’

यही मंसिर १६ गते बिभिन्न स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । गत स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका दलहरु उपनिर्वाचन भने छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् । दोलखाको गौरीशंकरमा उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा खासगरी कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । यसै पृष्ठभूमिमा नेपाली कांग्रेसका नेता रुद्रबहादुर खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :

-यहाँको गृहपालिका गौरीशंकरमा उपनिर्वाचन हुँदैछ । नेपाली कांग्रेसको तयारी कस्तो छ ? 

नेपाली कांग्रेसको सबै तहमा आफ्नो पार्टी संरचना छ । वडा देखि पालिका र जिल्ला पार्टीले समेत निर्वाचनको तयारी गरिरहेको छ । कांग्रेसको राम्रो तयारी छ । 

-गत निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएको स्थानमा उपनिर्वाचन हुन लागेको हो । यो उपनिर्वाचनमा जित दोहो¥याउने सम्भावना कत्तिको छ ? 
चुनाव जित्नकै लागि तयारी गर्ने हो । अघिल्लो निर्वाचनमा पनि जितेकै हो । गौरीशंकरको जनताहरुले २०४९ सालमा तत्कालिन एउटा गाविसबाहेक सबै गाविसमा नेपाली कांग्रेसलाई जिताएकै क्षेत्र हो । ५४ सालमा गएर फरक नतिजा आयो । ७४ मा चुनाव हुँदा एमालेसँग थोरै मतले मात्र पराजित भएको हो । ७९ को चुनावमा माओवादीसँग गठबन्धन गरेर विजय हाँसिल गर्यौं । जनमतको हिसाबले ४९ लाई हेर्ने हो भने कांग्रेस बलियो हो । ५४ र ७४ लाई हेर्दा एमाले बलियो देखियो । ७९ को चुनावमा कांग्रेस र माओवादीको भोटलाई हेर्दा एक हजार मत हाराहारीको अन्तर छ । 
-कांग्रेसले जित्ने आधार चाँही के हो ?     
हामीले जित्ने आधार भनेको श्यामसुन्दर तामाङ आफैमा पनि राम्रो व्यक्तित्व हुनुहुन्थ्यो । पार्टीको कमाण्डपनि उहाँसँगै थियो । सरल र असल स्वभावको रुपमा परिचित हुनुहुन्थ्यो । तर उहाँले आफ्नो कार्यकाल पुरा गर्न पाउनु भएन । श्यामसुन्दरकै कारण पनि पार्टी बाहेकको भोट प्लस हुने सम्भावना छ । हिजो माओवादीलाई पालिका र संघमा पनि जिताउने कांग्रेस हो । त्यसैले यो उपनिर्वाचनमा कांग्रेसलाई धोका दिनु हुँदैन थियो भन्ने बुझाई र जनमत माओवादी भित्र छ ।

माओवादीमा कुनै राजनीतिक संस्कार र मानवियता पनि देखिएन । आगामी दिनमा पनि माओवादीसँग सहकार्य गर्दा सबैले होसियारी अपनाउनुपर्ने देखियो । 

यो पटक दुई वर्षको लागि थियो । दुई वर्षको लागि माओवादीले छोड्दाखेरी के फरक पथ्र्यो ? राजनीतिमा एउटा गुन तिरेजस्तो पनि हुन्थ्यो । त्यो गुनासो पनि माओवादी भित्र भएको हुनाले धेरै मत कांग्रेसलाई आउने देखेको छु । एमालेका केही पंक्तिपनि दुई वर्षको लागि हो, श्यामसुन्दरको परिवारको आँसु पुछ्नको लागि पनि एकपटक उहाँको श्रीमतीलाई दिनुपर्छ भन्नेमा छन् । यो दुई तीन वटा आधार कांग्रेसले चुनाव जित्ने प्रष्ट आधारहरु हुन् ।  

तर माओवादीको आफ्नो उम्मेदवारी दिने निर्णयले त्यो पार्टीमा कुनै राजनीतिक संस्कार र मानवियता पनि देखिएन । आगामी दिनमा पनि माओवादीसँग सहकार्य गर्दा सबैले होसियारी अपनाउनुपर्ने देखियो । 

-यो उपनिर्वाचन गत निर्वाचनकै निरन्तरता भएको कारण माओवादीले कांग्रेस उम्मेदवारलाई सहयोग गर्नुपथ्र्यो भन्ने यहाँहरुको कुरा हो ? 
यो कुरा एकदम स्ट्रोङली उठाएको हो । मानवियताको हिसाबले पनि, ईमान्दारीताको दृष्टिकोणले पनि गौरीशंकरको विकास र समृद्धिको लागि पनि यो दुई वर्षको लागि माओवादीले आफ्नो उम्मेदवार नउठाउनु पथ्र्यो । श्यामसुन्दर जी हिजोको हाम्रो सहयात्री हो । उहाँकै कारण हामीलाई सहयोग पुगेको छ, भन्ने माओवादीले बुझ्नुपथ्र्यो । उम्मेदवारी नदिएको भए सबैभन्दा उत्तम हुन्थ्यो । त्यसले राजनीतिमा एउटा नयाँ बाटो कोर्न सक्थ्यो । सकारात्मक सन्देशपनि जानसक्थ्यो । त्यो नभएपछि हामी प्रतिस्पर्धामा छौं । 

-माओवादीसँग सहकार्यको प्रस्ताव त गर्नुभयो होला । के कारणले हुन सकेन ? 
माओवादीहरुको हठले यस्तो भयो । हिजो माओवादीहरुलाई जंगलमा अलमलिएको अबस्थामा गिरिजाप्रसाद कोईरालाले संसद छिराउनुभयो । त्यही आधारमा २०६४ मा उहाँहरुले ठुलो पार्टीको हैसियत पनि बनाउनुभयो । उहाँहरु ७० मा खस्किनुभयो । ७४ मा एमालेसँग र ७९ मा कांग्रेससँग मिलेर उहाँहरुको केही साख बच्यो । सिंगल सिंगल लड्ने हो भने उहाँहरुको अस्तित्व लगभग अधोगति नै हो । 

त्यहाँ भित्रका केही नेताहरु सुटेड बुटेड भए होलान् । सम्पन्नशाली पनि भए होलान् । समग्रमा माओवादी नीतिले यो मुलुकलाई निकास दिने भन्दा अस्थिरता तर्फ धकेल्ने काम भयो । विकासलाई अबरोध गर्ने कामहरु मात्रै लक्षण देखियो । 

सामान्य ज्ञान भएको मान्छेले बुझ्दा पनि हिँजो सँगै मिलेर लड्दाको भोट बराबरी जस्तै छ । उहाँहरुले यो पटक छोड्नुपर्ने थियो । छोड्नुभएन । 

-माओवादीबाट धोका भएको यहाँहरुको बुझाई हो ? 
धोका त माओवादीले धेरैलाई पटक पटक दिएकै छ । ७४ सालमा मलाई धोका दियो । ७९ मा कुन हबिगतले उहाँहरुको सांसद हुनुभयो, गौरीशंकर गाउँपालिका जित्यो । कुन हबिगतले विगु गाउँपालिका जित्यो भन्ने कुरा सबैलाई थाहा छ । गौरीशंकरमा हामीले हाम्रो उम्मेदवार दोहो¥याईदिएको भएपनि उहाँहरुलाई ठाउँ थिएन । जिरीमा ७४ र ७९ मा पनि लफडा गर्नुभयो । न उहाँहरुले पाउनुभयो । न हामीले पायौं । अरु स्थानमा पनि हामीले छाडीदिएकै हो । यस्तो गतिविधिले त्यहाँ राजनीति गर्ने माओवादी नेताहरुको भविष्य चाँही म देख्दिन । 

हाम्रो प्रतिस्पर्धा भनेको एमालेसँग हुन्छ । एमाले र हाम्रो बीचमा राष्ट्रिय रुपमा पनि सहकार्य भएकोले गर्दा त्यसलाई नजिकबाट नियाँलेर के गर्दा उचित हुन्छ त्यो गर्न पनि तयार छौं । चुनावको अघिल्लो दिनसम्म त्यो हुनपनि सक्छ ।   

-यसअघि माओवादी केन्द्रसँग गठबन्धन हुँदा कांग्रेस उम्मेदवारलाई जित्न सहज भएको बताईन्छ । अहिले एकल प्रतिस्पर्धामा कांग्रेसलाई चुनौती छ नी होईन ? 
चुनौती निश्चित रुपमा छ । माओवादीलाई हामी धेरै अगाडी छौं भन्ने लाग्दो हो । म पनि त्यही क्षेत्रमा लामो समयदेखि राजनीति गरेर आएको मान्छे हो । माओवादीले सरासर गलत आँकलन गरिरहेका छन् । हाम्रो प्रतिस्पर्धा भनेको एमालेसँग हुन्छ । एमाले र हाम्रो बीचमा राष्ट्रिय रुपमा पनि सहकार्य भएकोले गर्दा त्यसलाई नजिकबाट नियाँलेर के गर्दा उचित हुन्छ त्यो गर्न पनि तयार छौं । चुनावको अघिल्लो दिनसम्म त्यो हुनपनि सक्छ ।   

-गौरीशंकरको निर्वाचन अलि अशान्त हुने गरेको देखिन्छ । यो पटक निर्वाचनलाई स्वतन्त्र र शान्तिपुर्ण बनाउन कांग्रेसको भुमिका कस्तो रहन्छ ? 
म आफैपनि संसदको चुनाव लडिसकेको मान्छे हो । संघीयता आएपछि पहिलो पटक चुनाव लडेको मान्छे म । चुनावमा अबरोध गर्ने, जनताको स्वतन्त्र जनमतलाई बन्देज लगाउने कुनैपनि गतिविधि कांग्रेसबाट हुँदैन । अरु कोही त्यस्तो गर्ने योजनामा छन् भनेपनि हाम्रो बलियो आधार बनाएर बसेका साथीहरु छन् । सबै तहमा पार्टी संगठन, जनवर्गीय संगठनहरु छन् । उहाँहरुले जे सोचेको हुनुहुन्छ त्यो सम्भब हुन हामी दिँदैनौं । यो पटक जनताको जनमत तलमाथि हुन नदिने हाम्रो तयारी छ । त्यस्तो माध्यमबाट कसैले चुनाव जित्ने सपना देखेको छ भने त्यसबाट उहाँहरु मुक्त हुनुभए हुन्छ । 

-कांग्रेसको नेतृत्वमा गृहप्रशासन भएको बेला चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गराउन कांग्रेसले भुमिका खेल्न भन्न खोज्नुभएको हो ? 
होईन, हामी त्यसमा सबै संयन्त्र प्रयोग गर्छौं । सुरक्षा संयन्त्र होला, आफ्नै पार्टीको संगठन, नेता कार्यकर्ता छन् । हामी शसक्त तयारी गर्छौ. । कांग्रेस जनताको जनमतमा विस्वास गर्ने पार्टी भएको हुनाले गौरीशंकरको कुनैपनि वडामा स्वतन्त्र रुपमा मतदान गर्न दिँदा सबैको हित हुन्छ भन्ने लाग्छ । बलजफ्ती, फर्जी मत खसाल्ने प्रयत्न भयो भने त्यो स्वीकार्य हुँदैन । 

-खड्का नेपाली कांग्रेस दोलखाका पुर्ब सभापति एवं पुर्ब जिविस सभापति हुन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update