गौरीशंकरको उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी दर्ता (नामावलीसहित)
चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्ला यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि १२ जना महिला र चार जना पुरुषको उम्मेदवारी दर्ता भएको हो ।
निर्वाचन कार्यालयका अनुसार ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् भने अन्यले राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
मनोनयन दर्ताको बिवरण
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १७:४०
प्रतिक्रिया दिनुहोस्