चरिकोट - दोलखा सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने सम्झौता कार्यान्वयन नभएको भन्दै बिरोध हुन थालेको छ । न्याय हेल्थ नेपाल नामक संस्थाले पिएचसीलाई २५ बेडको अस्पतालको रुपमा स्तरोन्नती गर्ने सम्झौता गरेको थियो ।
नेपाली कांग्रेस भिमेश्वर नगरसमितिले अस्पताल संचालन गर्ने सम्झौता कार्यान्वयन नहुनुको कारण माग गरेको छ । आईतवार एक प्रेस विज्ञप्ती जारी गर्दै उसले न्याय हेल्थ नेपाल र स्वास्थ्य मन्त्रालयबीच भएको सम्झौता अबिलम्ब अक्षरस कार्यान्वयन गर्न माग गरेको हो ।
नगरसमितिका सभापति राजेश श्रेष्ठले ५ वर्षसम्म सम्झौता कार्यान्वयन नहुनु गम्भिर विषय भएकाले सबैले खबरदारी गर्नुपर्ने बताए । सम्झौता कार्यान्वयन गर्न न्याय हेल्थ चुकिसकेको छ, सरकारी मापदण्ड र निर्देशिका अनुसारका सबै सेवा प्रदान गर्दै ५० बेडको अस्पताल बनाउन सरकार र सरोकारवालाहरुको ध्यान जान जरुरी छ, उनले भने ।
कांग्रेसले प्रस्तावित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी हटाईएको प्रति बिरोध जनाउँदै यथाशिघ्र पुर्नबहाली गर्न माग गरेको छ । जारी विज्ञप्तीमा प्रस्तावित अस्पताल भित्रको आर्थिक हरहिसाव तीन दिन भित्र सार्वजानिक गर्न पनि माग गरिएको छ ।