Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
उपनिर्वाचन हुने स्थानहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना 

काठमाडौं  । मंसिर १६ गते उपनिर्वाचन हुने स्थानहरुमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भएका छन् । बिहीबार देशभर ३० वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय गरी ३८ वटा निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना भएको निर्वाचन आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन्।

उनका अनुसार मंसिर २ गतेदेखि ५ गतेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।

मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको अर्यालले बताइन्।

मंसिर १६ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update