Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दार्चुलामा जिप दुर्घट्ना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । शुक्रबार ल्यशिखरनगरपालिका–६ मा मालिकार्जुन धामको मेलाबाट फर्किरहेका दर्शनार्थीहरू सवार जिप दुर्घटना भएको हो । 

गोकुलेश्वर आउँदै गरेको करिब १२ जना सवार १ ज ३३८ नम्वर जिप सडकबाट तीन सय मिटर तल खस्दा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहालले जानकारी दिए। 

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल छन्।

त्यस्तै बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिलको मृत्यु भएको छ।

 

दुर्घटनामा परी चार जना घाइते भएका छन्। उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको डिएसपी दाहालले जानकारी दिए।

‘अहिलेसम्म जिपमा सवार १२ जना खुलेको छ। चालकको अवस्थामा पनि गंम्भिर छ, घटनाबारे बाँकी बुझ्ने काम भइरहेको छ,’ उनले भने।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update