काठमाडौं - लकडाउनको समयमा पूर्वसभामुख कृष्णबहादुर महरा खेतीपातीको काममा सक्रिय भएका छन् । पुख्र्यौली गाउँ रोल्पा पुगेर उनले खेतवारीको काम गर्न थालेका हुन् । यसबीचमा उनले बारी जोत्दै गरेको फोटो सार्वजनिक भएको छ ।
खेतपातीको मध्ये सिजन सुरु भएपछि महरा तीन दिन उनी अगाडि रोल्पा पुगेका थिए । राजनीतिका कारण खेतिपातीको काममा लाग्न नपाएको भन्दै उनले अहिले परिवारका सदस्य सहित खेतिपातीको कामका लागि परिवारका सदस्य सहित पुख्र्यौली घर आएको बताएका छन् ।
निकटस्थहरुका अनुसार महरा बिहान र साँझ खेतीपाती र दिउँसो भेटघाटमा व्यस्त हुने गरेका छन् । सभामुखजस्तो उच्च ओहोदामा पुगिसकेको व्यक्ति पनि खनजोतको काममा लागेपछि कृषि कर्ममा लाग्न अन्यलाई पनि हौसला मिलेको स्थानीय बताउँछन् । यौन दुराचारको आरोप लागेपनि महरालाई अदालतले निर्दोष ठहर गरिसकेको छ ।