Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रुसमा बढ्न थाल्यो कोरोना संक्रमितको संख्या

एजेन्सि - कोरोना भाईरस (कोभिड १९) को प्रभाव अर्को शक्तिशाक्ति देश रुसमा बढ्न थालेको छ । कोरोना कारण ठुलो मानविय क्षति व्यहोरेका इटाली र क्यानडामा संक्रमणदर घट्दै जाँदा रूसमा भने संक्रमणदर तीव्र गतिमा बढिरहेको हो ।

अतिमहाशक्ति राष्ट अमेरिका कोरोनाबाट सबैभन्दा बढि प्रभावित छ । रुसमा पछिल्लो २४ घण्टामा करिब ९ हजार नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण रूसमा मृतकको संख्या ५ हजार ८ सय ५९ पुगेको छ ।

इटाली हाल कोरोनाबाट सर्वाधिक प्रभावित मुलुकको सातौं स्थानमा छ । हालसम्म त्यहाँ २ लाख ३५ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ भने करिब ३४ हजार जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ईटालीमा कोरोनाबाट ५३ जनाले ज्यान गुमाएका छन् भने १ सय ९७ जना नयाँ संक्रमित फेला परेका छन्।

 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update