माटोको ढिस्कोले पुरिएर दोलखामा तीन जना घाईते
दोलखा । घरको जग खन्ने क्रममा दोलखाको भीमेश्वर नगरपालिमा तीन जना घाईते भएका छन् । घरको जग खन्ने क्रममा माथिबाट ढिस्को खस्दा उनीहरु घाईते भएका हुन् । भीमेश्वर नगरपालिका २ मा घर निर्माणका लागि जग खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा घाईते हुनेमा ४५ वर्षीय ज्ञानबहादुर थामी, ४० वर्षीय टेकबहादुर थामी र ५१ वर्र्षीय यमबहादुर थामी रहेका छन्।
घाइतेहरुको सदरमुकाम चरिकोटस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा उपचार भईरहेको छ। प्रहरीका अनुसार उनीहरूको अवस्था खतरामुक्त छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१ २०:३८
प्रतिक्रिया दिनुहोस्