Sajha Boli :: Nepal’s Reliable Digital Newspaper

काठमाडौं । जनवादी/प्रगतिशिल गीतहरु कुनैबेला समाजमा विद्यमान शोषण, दमन, विभेद, असमानता अन्त्य देखि व्यवस्था परिवर्तनका लागि बिद्रोहको चेत जगाउने साधन बन्यो । ती गीतहरुले जनताहरुलाई बिद्रोह र परिवर्तनमा लामबद्ध हुन प्रेरित ग¥यो । राणाशासन, पञ्चायत देखि राजतन्त्र अन्त्यका लागि भएका आन्दोलनहरुमा प्रगतिशिल/जनवादी गीतहरुको भूमिका चानचुने छैन । 

तिनै मध्येको एउटा गीत हो ‘जाग नौजवान’ । गीतका सर्जक डम्बर बहादुर थामी (विगुल) ले उक्त गीतको अडियो भर्सन डिजिटल प्लेटफर्म युट्युवमा सार्वजनिक गरेका छन् । गीतमा रोशन वाइबा र अनिश योञ्जनले संगीत भरेका छन् भने दिपा लामा, लक्ष्मी ग्लान, निश्चल रुम्बा र सागर नेपालीले स्वर दिएका छन् । 
किरण कँडेलले एरेन्ज गरेको गीत काठमाडौंको अनामनगर स्थित प्रज्ञा साउन्ड स्टुडियोमा रेकर्ड भएको हो । तत्कालिन अनेकोट साँस्कृतिक परिवारको नेतृत्वमा उक्त गीत तयार भएको थियो । 

सर्जक डम्बर थामी भन्छन्, ‘गीतले समाज तथा देश परिवर्तन, राष्ट्रियता र स्वाभिमान बचाउन युवा नौजवानहरुलाई उठ्न आव्हान गर्ने भाव बोकेको छ ।’

यो पनि सुन्नुहोस् :

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update