अरनिको राजमार्ग दुईतर्फी संचालन
बनेपा । पहिरोले अबरुद्ध अरनिको राजमार्ग दुईतर्फी संचालनमा आएको छ । असोज २६ गते राति ९ बजे काभ्रको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो ।
सडकको पहिरो पन्छाएपछि दुईतर्फी यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
उनका अनुसार दुईतर्फी अवरुद्ध भएको राजमार्ग असोज २७ गते बिहान ९ बजे जेसीबीकोले पहिरो पन्छाई बाटो एकतर्फी यातायात सुचारु गरिएको थियो । सोमबार अपरान्ह १२ बजे पूरै पहिरो पन्छाई बाटो दुईतर्फी यातयात सुचारु गरिएको उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१ ०६:२९
प्रतिक्रिया दिनुहोस्