उपनिर्वाचनका लागि २५ दल दर्ता
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । सरकारले संविधान बमोजिम मंसिर १६ गते आइतवार उपनिर्वाचनको मिति तोकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका दलहरु सोही प्रयोजनका लागि दर्ता भएका हुन् ।
निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए ।
जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए । संसदको चौथो ठुलो दल पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुन लागेको हो ।
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१ १७:१९
प्रतिक्रिया दिनुहोस्