Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
इजरायल र लेबनानमा रहेका नेपालीलाई सहयोग गर्न परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्था बुझ्न निर्देशन दिएकी छन् । उनीहरुको अबस्था जानकारी लिएर  (अपडेट) भइरहन उनले त्यहाँस्थित नेपली दूतावासहरुलाई निर्देशन दिएकी हुन् । 

मन्त्री रानाले आइतबार ती देशमा अवस्थित नेपाली राजदूतहरुसँग मन्त्रालयबाट भर्चुअल बैठक गरेकी थिईन् । त्यसक्रममा उनले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिईन् । 

सो बैठकमा मन्त्री राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उनीहरूसँग सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएकी हुन् ।

मन्त्री राणाले भनिन्, ुकुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरुको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नु ।ु

मन्त्री राणाले सम्बन्धित देशका दूतावासहरुलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका ‘हेल्पडेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिइन् । 
त्यहाँ हाल करिब एक हजार दुई सय नेपाली रहेका अनुमान गरिएको छ । उनीहरुमध्ये अधिकांश घरायसी काममा रहेका र केही सम्पर्कमा आईसकेको दुताबासले जनाएको छ । 
इजरायलका लागि नेपली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार पाँच सय नेपाली सुरक्षित रहेको बताए । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update