काठमाडौं -शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
तीमध्ये रामेछापका १७ र दोलखाका एक जना छन् । दोलखा स्थायी घर भई जुम्लामा कार्यरत २५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी दोलखाको तामाकोशी गाउँपालिका–५, शहरेका युवक हुन् ।
रामेछापमा १७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू १७ देखि ४९ वर्षका छन् । यस्तै, काभ्रेमा ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये तीन जना रोशी गाउँपालिकाका हुन् भने पनौती नगरपालिकामा एक र पाँचखाल नगरपालिकामा एक जना छन् ।
सिन्धुलीको तीनपाटन र कमलामाईका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।