उद्धार गर्न खोज्दा दोलखा घर भएका कर्णेल मिलन केसीले ज्यान गुमाए
काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) को मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा भीमेश्वर नगरपालिका घर भएका कर्णेल मिलन केसी रहेका छन् । प्रहरीले उनको मृत्युको पुष्टि गरेको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव केसीका अनुसार सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत उनी साथीहरुसँग घुम्न सिन्धुलाल्चोक पुगेका थिए ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ४ बिमरेनी जंगल नजिकको सिन्धु बिच रिसोर्टमा बसेका थिए । पहिरो आएर साथीहरू पुरिएपछि उद्धार गर्न भनेर गएका उनी पनि पहिरोमा पुरिएको अवस्थामा भेटिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
एसपी सन्तोष खड्काका अनुसार उनी आफ्ना कोरियन साथीसँग घुम्न गएका थिए । कोरियन नागरिकको अवस्था भने अहिलेसम्म पत्ता नलागेको एसपी खड्काले बताए ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ १४:२३
प्रतिक्रिया दिनुहोस्