विशेषगरी पछिल्लो समय थामी समुदायको मौलिक संस्कृति धर्मग्रन्थलाई जोगाउने सन्दर्भमा अलि बढि चिन्तित छौं । विगतदेखिको सबै चिज हेर्दाखेरी हाम्रो तुथुरवेद मौखिक रुपमा मात्रै रह्यो । हाम्रा इतिहाँसका धरोहरहरु ढल्दै जाँदा हाम्रा धर्म–संस्कृति त्यत्तिकै ओझेल र संकटमा पर्दै गइरहेको महसुस ग¥यौं । अझैपनि जे छ, जति छ, हाम्रा अग्रजहरुबाट त्यसलाई लिएर संरक्षण गरौं । लिखित दस्ताबेजको रुपमा यसलाई संकलन गर्दै लिपिबद्ध गरौं भन्ने उदेश्यका साथ हामी यो अभियानमा लागिरहेका छौं ।
हिजो हाम्रा पुर्खा, अग्रजहरुले यो धर्मग्रन्थ सिलोके पालाखेलाई बचाउनका निम्ति धेरै कोसिस र संघर्ष गर्नुभयो । बिविध कारणले त्यो प्रयास अधुरो रह्यो । त्यही चिजलाई सफल बनाउनका निम्ति अहिले अग्रजहरुको साथ र सहयोगमा यो कामको थालनी गरेका छौं । यसमा राम्रो साथ र सहयोग पाएका छौं ।
हिजो हाम्रा पुर्खा, अग्रजहरुले यो धर्मग्रन्थ सिलोके पालाखेलाई बचाउनका निम्ति धेरै कोसिस र संघर्ष गर्नुभयो । बिविध कारणले त्यो प्रयास अधुरो रह्यो । त्यही चिजलाई सफल बनाउनका निम्ति अहिले अग्रजहरुको साथ र सहयोगमा यो कामको थालनी गरेका छौं ।
कालिञ्चोक गाउँपालिका हुँदै विगु गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला स्तरको सिलोके पालाखेलाई पुर्णता दिने काम ग¥यौं । दोलखा जिल्ला स्तरको सार्बजनिक गरिसकेका छौं । अहिले कार्यान्वयनको चरणमा पनि आईसकेको अबस्था छ । पछिल्लो चरणमा पुनः त्यसलाई जिल्ला स्तरमा कार्यान्वयनमा ल्याउँदै गर्दाखेरी राष्ट्रिय स्तरको पनि स्वरुप दिन पाए हुन्थ्यो भन्ने भोग जाग्यो । त्यही अनुसार विगु गाउँपालिकाको सहयोगले देशभरीकै थामी समुदायका प्रतिनिधिहरुलाई सहभागी गराएर अहिले राष्ट्रिय स्तरको सिलोके पालाखेलाई पुर्णता दिने उदेश्य र अभियानका साथ निरन्तर रुपमा अघि बढिरहेका छौं ।
यसलाई लगभग फाइनल अन्तिम रुप दिने चरणमा छौं । यो काममा जुट्दै गर्दा के आषा जोगेको छ भने अब यसले सबै अलिखित दस्ताबेजहरुलाई लिखित रुपमा व्यवस्थित गर्नेछ । ऐतिहाँसिक दस्ताबेज धर्मग्रन्थको रुप ग्रहण गर्नेछ । त्यसमा धेरै थामी अग्रजहरुको सहभागिता रहेको छ । विशेषगरी जन्म, बिवाह र मृत्यु संस्कारसँग केन्द्रीत रहेर धेरै विषय यो धर्मग्रन्थमा समेटिएको छ ।
विगतका सिकाईहरुका आधारमा यो तयार भएको छ । विगतमा धेरै जिल्लाहरुले आ–आफ्नै प्रयासमा धेरै काम गर्नुभएको छ । त्यही सिलसिलामा दोलखा जिल्लामा पनि धेरै एक्सरसाईज भएका थिए । यो सबै चिजलाई रिफ्रेन्सको रुपमा लिएर परिस्कृत ढंगबाट राष्ट्रिय रुप दिनको निम्ति अग्रजहरु निरन्तर रुपमा खट्नुभएको छ । संस्कार/संस्कृति बचाउने अभियानमा लागिरहनु भएको छ ।
खासगरी दोलखा जिल्ला थामी समुदायको उदगम भूमि पनि हो । त्यसैले संस्कार–संस्कृति संरक्षणमा अलि बढी भोग जाग्नु, बढ्दा चिन्ता हुनु स्वभाविक हो । त्यो हिसाबले पनि हामीलाई पोलेको छ । किपटभूमि दोलखा हुँदै गर्दा केही सुरुवात गर्नुछ भने दोलखाबाट सुरुवात गर्नुपर्छ र यसको संरक्षणमा पनि दोलखाको भूमिका बढी हुनुपर्छ भनेर यो अभियानमा जोडिएको अबस्था छ ।
हामीले देशका बिभिन्न जिल्लाहरुसँग कोअर्डिनेसन ग¥यौं । सहभागितामुलक ढंगबाट यसलाई सामुहिक मन्थन गर्ने वातावरण सिर्जना ग¥यौं । धेरैको सहभागिता रह्यो । सबै जिल्लाले राम्रो सपोर्ट गर्नुभयो । सबैको साथ सहयोगले यो काममा सफलता मिलेको र सम्भव भएको अनुभुति गरेको छु ।
हामीले देशका बिभिन्न जिल्लाहरुसँग कोअर्डिनेसन ग¥यौं । सहभागितामुलक ढंगबाट यसलाई सामुहिक मन्थन गर्ने वातावरण सिर्जना ग¥यौं । धेरैको सहभागिता रह्यो । सबै जिल्लाले राम्रो सपोर्ट गर्नुभयो । सबैको साथ सहयोगले यो काममा सफलता मिलेको र सम्भव भएको अनुभुति गरेको छु ।
धेरै जिल्लाका प्रतिनिधिहरुलाई जमघट गराएर सिलोके पालाखेबारे सामुहिक मन्थन गरिएको यो पहिलो पटक हो । दोलखाले मात्रै यसलाई राष्ट्रिय स्वरुप दिने कुरा सम्भव हुन्नथियो । त्यसैले हामीले देशका बिभिन्न जिल्लाहरुसँग कोअर्डिनेसन ग¥यौं । सहभागितामुलक ढंगबाट यसलाई सामुहिक मन्थन गर्ने वातावरण सिर्जना ग¥यौं । धेरैको सहभागिता रह्यो । सबै जिल्लाले राम्रो सपोर्ट गर्नुभयो । सबैको साथ सहयोगले यो काममा सफलता मिलेको र सम्भव भएको अनुभुति गरेको छु ।
–कुराकानीमा आधारित