बाढीपहिरोबाट दोलखामा २ सेनासहित ७ जना सर्म्पकविहीन
दोलखा । माथिल्लो तामोकोसी जलविद्युत केन्द्रको बाँधस्थलमा रहेको हेडवक्सको विद्युत सञ्चालन गृहलाई पहिरोले पुरेको छ । जसका कारण ४ जना सम्पर्कविहिन बनेका छन् । उनीहरूको खोजीको लागि सुरक्षाकर्मी परिचान गरिएको छ ।
प्रहरीका अनुसार विद्युत सञ्चालन गृहमा रहेका तामाकोशी विद्युत केन्द्रमा कार्यरत २ कर्मचारी र २ नेपाली सेना गरी चार जना सम्पर्क विहिन भएका हुन्।
यस्तै भीमेश्वर नगरपालिका–६ सिमपानी नजिकै राम बहादुर भुजेलको घर भत्कदा ३ जना वेपत्ता बनेका छन् । एक बालकको जिवितै उद्वार गरिएको दोलखाका प्रहरी प्रमुख युवराज खड्काले बताए । अन्यको उद्वारको प्रयास भैरहेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ १५:२६
प्रतिक्रिया दिनुहोस्