Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निरन्तरको बर्षापछि तामाकोशी आयोजनाको विद्युत उत्पादन बन्द

चरिकोट । निरन्तरको बर्षाका कारण ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको जलाशय भरिएको छ । वर्षाले जलाशय भरिएपछि विधुत् उत्पादन बन्द गरेको हो ।

जलाशय भरिएपछि पानीको सतह घटाउन विधुत् गृहको उत्पादन बन्द गरेको माथिल्लो तामाकोशी विधुत् गृहका प्रमुख पूर्ण गोपाल रञ्जितले बताउनुभयो । तामाकोशी जलाशयको ४ वटै ढोका खोलीएको छ ।

तामाकोशी विधुत् केन्द्रले जलाशयको सबै ढोका खोलेपछि बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शुक्रबार दिउँसोबाट माथिल्लो क्षेत्रबाट तामाकोसीमा बाढी आएपछि जलाशयको सबै ढोका खोलिएको हो। निरन्तर पानी परिरहकाले बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update