Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दुर्घट्नापछि अचेत बनेका कमलको उपचारमा आर्थिक अभाव
दश महिनादेखि अचेत कमल श्रेष्ठको स्याहारमा तल्लिन् उनकी श्रीमती पार्वती । तस्बिर सौजन्य : राजेन्द्र मानन्धर

चरिकोट । दोलखाको शैलुङ गाउँपालिकाका कमल श्रेष्ठ १० महिनादेखि बेडमा अचेत अबस्थामा छन् । मोटरसाईकल दुर्घट्नामा परेपछि मस्तिष्कघातले कमल अचेत बनेका हुन् । शैयामा लडिरहेका ४३ बर्षिय कमल आखा हेर्छन । कुरा बुझ्छन । चल्न, बोल्न नसकेर चट्पटाएर रून्छन् ।

घरबाट नजिकैको विद्यालय व्यवस्थापन समितिको बैठकमा जादा मोटरसाइकल दुर्घटनामा परेका उनी अचेत अवस्थामा रहेको आउने असोज ७ गते १० महिना पुग्ने पत्नी पार्वती श्रेष्ठले वताइन् । उनका अनुसार गएको फागुन २८ गते काठमाडौ वासवारीस्थित न्युरो अस्पतालबाट डिस्चार्ज गरेर घर ल्याएको थियो । 

टाउकोमा चोटले फुटेको हड्डीको ठाउमा कृतिम हड्डी हाल्दा सुधार होलाकी भन्ने झिनो आशाले यही असोज ४ गते कमललाई काठमाडौ लाने पार्वती वताउछिन् । यदी हड्डी राख्न सक्ने स्थिति भए अर्को १८ लाख जति लाग्ने अस्पतालको भनाइ छ । यसअघि आफुसँग भएको, विभिन्न व्यक्ति र संस्थाबाट प्राप्त लाखौं रूपैयाँ कमलको उपचारमा खर्च भैसकेको पार्वती वताउछिन् । बाकी उपचारका लागि पैसा नभएपनि जसरी पनि उपचार गरेर कमललाई निको बनाइ छड्ने पार्वतीले आशु खसाल्दै वताइन् ।

उनले दुर्घटना भएदेखि कमललाई एक पाइला पनि नछाडी सेवा गर्दै वसेकी छन् । उनको अनुसार हरेक दुई घण्टामा पाइपबाट ओैषधी र खाना खुवाउनु, सफा गर्नु, उठाउने सुताउने गर्नुपर्छ । यो काम सानो छोरा र यसै बर्ष १२ उतीर्ण गरेका छोरा मिलेर गर्दै आएका छन् । पार्वतीको दृढविश्वास, अथक मिहेनत, नियमित सेवाका कारणले मात्र कमलको हालत स्थिर भएको झै लाग्छ । उनी आफ्नो सिउदोको सिन्दुर जोगाउन र छोराहरू टुहुरा नवनाउन जस्तो कष्ट पनि वेहोर्ने कुरा हामीलाई सुनाउदा कमल पनि भक्कानिए, छट्पटी गरे । अभिव्यक्त गर्न केही सकेनन् ।

यसअघि शैलुङ पालिका सदस्य रहेकी पार्वतीको राजनीतिक यात्रा कमल अचेत भइ ढलेपछिको दिनदेखि नै ब्रेक लागेको छ । कमल पनि यसअघि राजनीतिमा सक्रिय थिए । कमल तगडा हुदा वरपर छरछिमेकमा हुने हर दुखद घटनामा उद्दार र सहयोग गर्न अघि सर्थे । जो कोहीले अप्ठ्यारो पर्दा कमल सम्झन्थे । आज कमल ढल्दा शैलुङको दियो निभे झै भएको छ अनुभुति स्थानीयको छ ।

उपचारका लागि दिनेले दिएको र आफ्नो सम्पत्ति सकिने क्रममा रहेको कमल परिवारको दुईवटा माग छ । बाँकी उपचार काठमाडौस्थित सरकारी अस्पतालमा हुने व्यवस्था होस् । र अर्को गाउँपालिकाको अस्पतालमा थेरापी सुविधा राखोस् । कमललाई भेट्न पुगेका एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले पार्वतीको यो माग सरकारले सुन्नुपर्ने बताए । समाजसेवाका लागि सँधै अघि सर्ने व्यक्तिको उपचारका लागि सहयोग गर्न उनले सबैलाई आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update