Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नयाँ क्षेत्रमा कर लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले आन्तरिक राजस्व परिचालन सम्बन्धी नयाँ योजना अघि सारको छ । राजस्व परिचालनका लागि आगामी पाँच वर्षे रणनीति (डिआरएमएस) कार्यान्वयनमा ल्याईएको हो । 

राजस्व संकलन कमजोर बनेको पृष्ठभुमिमा नयाँ रणनीति लागु गरिएको छ । औसत २० प्रतिशतको राजस्व वृद्धिदर पछिल्ला वर्षहरूमा निरन्तर खुम्चिदै गएको छ । राजस्व चुहावट मात्रा पनि बढेको छ । 

आन्तरिक राजस्व विभागले दीर्घकालीन आर्थिक स्थायित्वका लागि तयार गरेको डिआरएमएस आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्म लागू हुने जनाएको छ। यो रणनीतिले राजस्व संकलन प्रक्रियामा सुधार ल्याउन र आर्थिक विकासलाई दिगो बनाउन नयाँ मार्गचित्र प्रस्तुत गरेको विभागको दाबी छ।

डिआरएमएसले नेपालको कर प्रणालीमा दीर्घकालीन सुधार ल्याउन र समग्र राजस्व परिचालनलाई सुदृढ बनाउन २० वटा मुख्य उद्देश्यहरू पहिचान गरेको छ । तीमध्ये प्रमुख लक्ष्य भनेको जिडिपीको तुलनामा राजस्व अनुपात कर राजस्व–जिडिपी अनुपातु लाई २०.९ प्रतिशतमा पुर्‍याउने लक्ष्य छ। आर्थिक वर्ष २०७९/८० मा यो अनुपात १६.२ प्रतिशत पात्रै छ। गैरकर राजस्व सहित १८.५ प्रतिशतको यस्तो अनुपात रहेकोमा २३.५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update