दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घट्ना, पाँच जना घाईते
चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घट्ना भएको छ । गौरीशंकर गाउँपालिका–४ झ्याकुमा भएको बोलेरो दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।
वागमती प्रदेश को बा २० च ७२६६ नम्बरको बोलेरो आईतबार बेलुकी करिब अन्दाजी साँढे पाँच बजे दुर्घटना हुँदा भएको हो । दुर्घट्नामा घाईते हुनेमा बोलेरो चालक मिङमार शेर्पा, पसी शेर्पा, काली शेर्पा, अन्तु शेर्पा र अन्तु शेर्पाकै बुहारी रहेका छन् । उनीहरुमध्ये पसी शेर्पा र काली शेर्पाको अबस्था गम्भीर रहेको बताईएको छ ।
उनीहरूलाई उपचारका लागि अस्पताल लगिँदैछ । बोलेरो अनियन्त्रित भएर वडा कार्यालय नजिकै दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१ १९:०४
प्रतिक्रिया दिनुहोस्