Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन गर्ने मिति सिफारिस गरेको छ । १६ मंसिरमा उपनिर्वाचन गर्न आयोगले सरकारलाई परामर्श दिएको हो । 

आयोगका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेका थिए । सोही भेटमा आयोगका पदाधिकारीले उपचुनावको मितिबारे सुझाव दिएका हुन् । आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले उपचुनावको मिति तोक्नेछ । 

निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ । काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रित्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त छ ।

रुकुम पुर्वको पुथा गाउँपालिककी उपप्रमुख भुपेन्द्र बुढाको शुक्रबार मात्र सवारी दुर्घटनामा निधन भएको छ । पद रिक्त भएको औपचारिक जानकारी आए त्यहाँ पनि मंसिर १६ मै उपचुनाव गर्न सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेमा २६ कात्तिकमा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने आयोगको आन्तरिक तयारी छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update