Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानन्यायधीसबारे संवैधानिक परिषदमा निर्णय हुन सकेन

काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निर्णय टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठकमा प्रधानन्यायधीस सिफारिसबारे छलफल भएपनि निर्णयमा पुग्न नसकेको हो । 

संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्कर्षपछि ठोस् निर्णय नगरी बैठक सकिएको हो । अर्को बैठक ३१ भदौमा बस्ने भएको छ ।

बैठक स्रोतका अनुसार आजको छलफल प्रधानन्यायाधीश सिफारिसमा केन्द्रीत थियो । ‘प्रधानन्यायाधीश बाहेक अरु सिफारिसमा छलफल भएन, त्यसैमा केन्द्रीत भयो । तर आज कोही पनि सिफारिस हुनु भएन’, ती स्रोतले भन्यो । स्रोतका अनुसार बैठकमा उपसभामुख ईन्दिरा राना मगरले आफ्नो विषय उठाएकी थिईन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update