काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले तत्काल एकैसाथ संवैधानिक नियुक्ति अघि बढाउने प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटबार्ता भएको हो । प्रधानमन्त्री ओलीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब आधा घण्टा छलफल भएपछि कांग्रेस सभापति देउवा पनि छलफलमा सहभागी भएका थिए ।
उपसभामुख इन्दिरा रानामगर प्रकरणसहित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु भेला भएको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयले संवैधानिक परिषद बैठक अगाडि तीन नेताबीच समझदारी जुटाउन प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेको जनाएको छ ।