Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा सहितका जिल्लामा बाढीको उच्च जोखिम

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र डोटी भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ । यी जिल्लामा बाढीको उच्च जोखिमको पूर्वानुमान गर्दै महाशाखाले नदीतटीय क्षेत्रमा क्रियाकलाप नगर्न सचेत गराएको छ ।

दोलखा, सिन्धुपाल्चोक, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व, नवलपरासी, बर्दघाट सुस्ता पश्चिम), कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, सल्यान, सुर्खेत, दैलेख, अछाम, बाजुरा र बझाङ भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

भोलि बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, डोटी, बाँके, सुर्खेत, दैलेख, अछाम, बाजुरा र बझाङ बहने अधिकांश साना नदीमा आकस्मिक बहावको जोखिमको पूर्वानुमान गरिएको छ ।

अबका तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्ने सम्भावना छ । भोलि ती नदीहरूको जलसतह सतर्कता तह आसपास हुने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update