Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
“एमालेमा टिकट पाउन अब परीक्षामा पास हुनुपर्छ”

आज म केही सन्देश दिन चाहन्छु । पार्टीमा जिम्मेवारी प्राप्त गर्ने साथीहरुमा जिम्मेवारी बोध नहुने, जिम्मेवारी प्राप्त नगर्ने साथीहरुमा उर्जा नआउने र कोही भनेको जस्तो जिम्मेवारी नपाएकोमा खुसी नहुने स्थिति छ । अब एमालेका कुनैपनि सदस्यहरु कमिटीविहिन र जिम्मेवारीबाट अलग हुनुपर्ने छैन । सबैलाई चाहेको जस्तो कमिटी जिम्मेवारी प्राप्त नहुन सक्छ । तर सबैलाई जिम्मेवारीमा समेट्ने र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउन चाहन्छु । 

दोलखा जिल्ला सम्भावनाको जिल्ला हो । म तत्कालिन पार्टी अध्यक्ष हुँदा पनि समृद्ध दोलखा–सुखी दोलखाली भन्ने अभियान सुरु गरेका थियौं । त्यो सपना र दृष्टिकोण पुरा भएको छैन । हाम्रा कमिकमजोरी पनि रहेका छन् । अब हाम्रा ती सपना र दृष्टिकोण पुरा गर्न कार्ययोजना सहित अघि बढिनेछ । समृद्ध दोलखा निर्माण गर्ने खाका (मास्टरप्लान) तयार छ । त्यसलाई कार्यान्वयन गर्ने अभियानको नेतृत्व नेकपा एमालेले गर्नुपर्दछ । त्यसको लागि अन्य पार्टीहरुलाई पनि साथमा लिनुपर्छ । दोलखालाई साँच्चै समृद्ध बनाउन सकिएन भने, नमुना जिल्ला बनाउन सकिएन भने हाम्रो औचित्य पनि सकिन्छ । 

दोलखाको पार्टी इन्चार्ज भएर आउने मेरो चाहना थिएन । दोलखा पार्टी निर्माणका लागि इन्चार्ज नै हुन जरुरी थिएन । मेरो रगत, मेरो जिवन दोलखामा समर्पण गर्नुपर्दछ । त्यो मेरो कर्तव्य पनि हो । तर पार्टीले जिम्मेवारी दिएपछि यसलाई त्यही ढंगले पुरा गर्नुपर्दछ । 

दोलखा अहिले केही कमजोर छ । समस्याहरु पनि बढेका छन् । त्यो समस्या हल गर्नको निम्ति र हाम्रा सबैखाले चुनौतीहरु सामना गर्नका लागि मैले दोलखाको जिम्मेवारी लिएको छु । यसमा कुनै शंका र अविस्वास गर्नुपर्दैन । कोही निराश पनि बन्नुपर्दैन । 

हामीले हिँजो हिड्दा हिँड्दै वम, एम्बुस् पड्किने, ढुंगामुढा हुने जस्तोसुकै संगीन परिस्थिति सामना गरेर पनि दोलखा पार्टी बलियो बनाएका हौं । त्यसैले दोलखा पार्टी बलियो बनाउन सकिने कुरा स्वभाविक रुपमा सम्भव छ । यो बीचमा भएका कमजोरीको समिक्षा गर्नुपर्दछ । केही चुनावमा मात्र दोलखा एमालेले सेटब्याक हुनुपर्यो । त्यो सेटब्याकलाई मिसन ८४ मा पुरा गर्नुछ । 

मिसन ८४ को अपव्याख्या भैरहेको छ । कोही माननीय, मेयर, अध्यक्ष बन्नको निम्ति, टिकट भागबण्डाका निम्ति मिसन ८४ होईन । यो खालको राजनीति दोलखामा चल्दैन र चलाउन दिईदैन । जहाँ कमिकमजोरी र समस्या रह्यो, त्यो समस्यालाई हल गरेर अगाडी बढ्ने हो । दोलखामा गुट छ भन्ने बुझाई छ । अब गुट छैन/रहँदैन, गुटको अन्त्य हुन्छ भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । 


काम नगर्नेहरुले गुट बनाउन सक्छ । काम गर्ने र नगर्नेहरुको बीचमा भिन्नता हुँदा स्वभाविक रुपमा अन्यायको महसुस हुनसक्छ । हिजो पनि समन्वय, समझदारी र सन्तुलनको राजनीतिबाट अगुवाई गरेको हो । अहिलेपनि समन्वय, सन्तुलन र सबैप्रति सकारात्मक दृष्टिकोण राखेर काम गर्नेछु । 


विगतमा हामी जसरी विभाजित हुन पुग्यौं । यी सबै कुराहरु अब हाम्रा बिगत भए । हामी दोलखालाई एकताबद्ध बनाउन चाहन्छौं । पार्टीलाई प्रभावकारी र आन्तरिक द्धन्द्धरहित बनाउन चाहन्छौं । कसैले निहुँ खोजेर द्धन्द्ध चाहिरहने, समस्या उत्पन्न गर्न खोज्यो भने स्वभाविक रुपमा पार्टीले त्यसलाई विषयबस्तु बनाउँछ । 

मापदण्डको परीक्षामा पास हुनुपर्यो । फेयर, टान्सपरेन्ट मापदण्ड बनाउन सकिन्छ । यसको आधारमा हामी पार्टीलाई जिताउन चाहन्छौं । चुनाव हार्ने–टिकट खोज्ने ! पार्टी बिगार्ने ? पार्टी पहिलो बनाउने त्यसपछि टिकट खोज्ने हो । दोलखामा स्पष्ट मापदण्ड बन्नेछ । 

एमालेमा अब कसरी टिकट पाईन्छ ? व्यक्ति हेरेर, ग्रुपको आधारमा, व्यक्तिसँग पछि लागेको आधारमा टिकट होईन । अब परीक्षा दिनुपर्छ । कार्यसम्पादन मूल्यांकनको आधारमा हुन्छ । चुनाव जित्ने खालको लोकप्रिय हुन आवश्यक छ । चुनाव मात्रै जितेर हुँदैन । पोलिटिकल पनि हुनुपर्यो । चुनाव आफुले जितेको जस्तो हुनुपर्यो । कार्यसम्पादन मुल्यांकनमा अब्बल हुनुपर्यो । त्यो मापदण्डको परीक्षामा पास हुनुपर्यो । फेयर, टान्सपरेन्ट मापदण्ड बनाउन सकिन्छ । यसको आधारमा हामी पार्टीलाई जिताउन चाहन्छौं । चुनाव हार्ने–टिकट खोज्ने ! पार्टी बिगार्ने ? पार्टी पहिलो बनाउने त्यसपछि टिकट खोज्ने हो । दोलखामा स्पष्ट मापदण्ड बन्नेछ । 

यो कुरा पुर्वसंकेतको रुपमा भन्न चाहन्छु । असल मान्छे बन्नु/बनाउनु पर्यो । असल पार्टी नेता कार्यकर्ता बन्नुपर्यो । असल मात्रै भएर हुँदैन । सक्षम पनि हुनुपर्यो । असल मान्छे बन्नुस् अनि सक्षम/बैचारिक पनि बन्नुस् । यो दुईवटा कुरा मेरो मुल मन्त्र हो । असल छैन भने बैचारिकले मात्रै पनि कम गर्दैन । असल छ तर बैचारिक छैन भने त्यो पनि काम लागेन । त्यसैले असल र बैचारिक दुबै हुनुपर्यो । 

त्यसैले म दोलखाका पार्टी कार्यकर्ताहरुलाई यो अभियानका साथ लाग्न आग्रह गर्दछु । दोलखामा असल नेता कार्यकर्ता बनाउने, असल एमाले बनाउने र असल नागरिक बनाउने अभियान चलाईनेछ । बिकृति/विसंगति बोकेको कमजोरी बोकेको, असन्तुष्टि बोकेको, जहिल्यै निराशा बोकेको, केही पाउँदा खुसी भैहाल्ने, नपाउँदा हराउने होईन । निरन्तर–निरन्तर आन्दोलनमा बगिरहने, लागिरहने कार्यकर्ताको पंक्ति निर्माण गर्ने हो । असल मान्छे बनाउने मिसन चलाउने हो । सबैलाई असल बनाउनुपर्छ । कांग्रेस माओवादी र अन्यलाई पनि असल बनाउनुपर्छ । यो दोलखा एमालेको अभियान हो । असल संस्कार÷संस्कृति र परमपरा बोकेको मान्छे भयो भने मात्रै समाज परिवर्तन गर्न सकिन्छ । 

हाम्रा प्रशिक्षणहरुको ढाचा फेरिन्छ । दोलखामा हुने प्रशिक्षणहरु नयाँ ढंगको हुनेछ । नयाँ कोर्सबाट सुरुवात हुन्छ । काम नगर्ने साथीहरुले गुट बनाउँछन् की अर्को छुट्टै समुह बनाउँछन् की दोलखा एमालेले त्यसको मतलब गर्दैन । काम गर्नेहरुको एउटा पंक्ति हुन्छ । त्यो पंक्तिले दोलखा हाँक्छ ।

यो कार्ययोजनासहित आउँछ । हाम्रा प्रशिक्षणहरुको ढाचा फेरिन्छ । दोलखामा हुने प्रशिक्षणहरु नयाँ ढंगको हुनेछ । नयाँ कोर्सबाट सुरुवात हुन्छ । काम नगर्ने साथीहरुले गुट बनाउँछन् की अर्को छुट्टै समुह बनाउँछन् की दोलखा एमालेले त्यसको मतलब गर्दैन । काम गर्नेहरुको एउटा पंक्ति हुन्छ । त्यो पंक्तिले दोलखा हाँक्छ । पार्टीको सार्वजनिक मञ्चलाई असन्तुष्टि र कुण्ठा पोख्ने थलो बनाउनु हुँदैन । त्यस्तो कुरा राख्ने सम्बन्धित कमिटी छ । आलोचना, आक्रोस र बिरोधको भाषण पब्लिकमा व्यक्त गर्न मिल्दैन । 

अर्को कुरा, हाम्रो एउटा अध्ययन के छ भने, (न्यू जेनेरेसन) नयाँ पुस्तालाई अब कसरी संगठित गर्ने ? युवा विदेश पलायनलाई कसरी रोक्ने ? युवा पंक्तिलाई पार्टीमा कसरी आकर्षित गर्ने ? यो एउटा अभियान हामीले दोलखामा सुरुवात गर्छौँ । दोलखामा सुरु गरेको अभियान राम्रो भयो भने अन्य जिल्लामा पनि सुरुवात गरौंला । 

अर्को महत्वपुर्ण कुरा भनेको उत्पादन र उद्यमशिलताको अभियान सुरुवात गर्नेछौं । हिजो जिल्ला पार्टी अध्यक्ष हुँदापनि यस्तो प्रयास भएको थियो । दोलखामा कसैले पनि बाँझो जमिन नराख्नेगरी अघि बढ्नुपर्दछ । दोलखालाई साँच्चै उर्बर, उत्पादन र उद्यमशिलताको जिल्लाको रुपमा परिचित गराउने गरी काम गरिनेछ । यो अभियानका साथ टोल, वडा, जिल्ला स्तरमा बिभिन्न कार्यक्रम गरिनेछ । त्यसबाट दोलखाको पार्टीलाई शक्तिशाली बनाउँनेछौं । 

प्रत्येक कमिटी, जनवर्गीय संगठन तथा जिल्ला कमिटी सदस्यले कार्ययोजना/कार्यतालिका बनाउनु पर्दछ । कसले कहाँ, के गरिरहेको छ, जिल्ला नेतृत्वले थाहा पाउनु पर्दछ । त्यसका आधारमा नयाँ परिस्थितिको सामना गर्ने (मास्टरप्लान) बनाएर अघि बढ्नुपर्छ । यसरी अघि बढियो भने दोलखाको पार्टी अबश्य निर्माण गर्न सकिन्छ । 

देशविदेश, काठमाडौं लगायत दोलखालीहरु कहाँ कहाँ छन् ? सबैलाई संगठित गर्ने बिस्तृत कार्ययोजना बनाएर अघि बढ्छ । पार्टी संगठन व्यवस्थित, प्रभावकारी र सुदृढ बनाउनु आचारसंहिता बन्नेछ । हिजो घात/अन्तरघात, कारबाही के भयो, पार्टीले मिनाहा गरिसकेको छ । अब पार्टी नयाँ शिराबाट अघि बढ्छ । फेरिपनि सँधै पार्टीलाई घात गर्नेहरुलाई राखिरहनुपर्छ भन्ने छैन । पार्टीको अप्रेसन गर्नुपर्छ । 

-पुर्व मन्त्री समेत रहेका एमाले पोलिट व्यूरो सदस्य पार्वत गुरुङले दोलखा जिल्ला इन्चार्जको जिम्मेवारी पाएपछि राखेको मन्तव्यको सम्पादित अंश ।

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update