Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
राजीनामा दिन उपसभामुखलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई मार्ग प्रसस्त गर्न आग्रह गरेको छ । बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुखको राजीनामा माग गरेको हो । उपसभामुख रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको कांग्रेसको निष्कर्ष छ । 

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले प्रक्रियामा जानुभन्दा उपसभामुख स्वयंले बहिर्गमनको बाटो रोज्नु राम्रो हुने बताए । उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् ।

२०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख गम्भिर विवादमा परेकी छिन् ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update