गत श्रावण १६ गते (जुलाई ३१) मा डिपेन्डेन्ट भिसामा अमेरिकाको भर्जेनिया पुगेकी ममता काफ्लेको आफ्नै श्रीमानले घरेलु हिँसा गर्दै अमानविय किसिमले ज्यान लिएको दुःखद् घट्नाले मिडियामा सनसनी मच्चियो । अमेरिकन आर्मी (पीआर होल्डर) रहेका नरेश भट्टसँग धार्मिक परम्परा अनुसार बिवाह बन्धनमा बाँधिएकी (भारतको व्यंङ्लोरबाट बि.एसी नर्सिङ गरेकी) ममता डिपेन्डेन्ट भिसामा अमेरिका पुग्छिन् । अमेरिका पुगेको ३ वर्षमै श्रीमानले ममताको हत्या गरेको घट्नाले समाज यतिबेला तरंगित बनेको छ ।
श्रीमान्/श्रीमती मात्रै बस्दै आएको परदेशमा श्रीमानले नै श्रीमतीको हत्या गरेको भनेको सुन्दा जो कोहीलाई नै असह्य पीडा हुन्छ । यतिबेला उनीहरुको १ वर्षे नावालिकाको बिचल्ली भएको छ । आमाको काख र बुवाको साथमा हुनुपर्ने वेला छोरीलाई समाज सेवा विभागले लगेको छ । धन, सम्पति, गाडी, घर र सन्तान भएर पनि श्रीमान/श्रीमतीबीच मेलमिलाप, एकअर्कालाई बुझ्न सक्ने क्षमता र एकअर्कामा आदर भएन भने सबै कुरा व्यर्थ हुँदोरहेछ ।
समाजिक सञ्जालमा ममताको स्ट्याटस र फोटो हेर्दा जो कसैले यो घट्ना सजिलै पत्याउन सक्दैन । “बाहिर जस्तो देखिन्छ हेर्दा, भित्र नि उस्तै हुँदैन मान्छे” भने जस्तो घट्ना यतिवेला ममताको जिवनमा घटेको छ । डिपेन्डेन्ट भिसामा मैले अमेरिका ल्याएको हो, भन्ने घमण्डले नरेशको मनमा घर गरेको देखिन्छ । उनले अमेरिका गएदेखि नै ममतालाई शारीरिक र मानसिक यातना दिएको तथ्य सामाजिक संजालभरी छरपष्ट छन् ।
डिपेन्डेन्टकै कारणले अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत लगायतका देश जाने धरैजसो नेपालीहरु यसै किसिमको हिंसामा परेका छन् । कतिपयको ज्यानै गएका समाचार आउने गरेका छन् ।
यो एउटा डिपेन्डेन्टमा विदेश जानेको हृदयविदारक प्रतिनिधिमूलक घट्ना हो । डिपेन्डेन्टकै कारणले अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत लगायतका देश जाने धरैजसो नेपालीहरु यसै किसिमको हिंसामा परेका छन् । कतिपयको ज्यानै गएका समाचार आउने गरेका छन् । कतिपयको समाचार आउन नसकेको होला तर आफन्त परिवारमा त्यति राम्रा खबर आउने गरेका छैनन् । कतिपयले हिंसा भोगेको भएपनि ममता जस्तै बाहिर ल्याउन हुँदैन भनेर सहेर बसेका छन् ।
अध्ययनमा जानेले डिपेन्डेन्टमा लगेको होस् वा पीआर पाउनेले लगेको होस्, यिनीहरु अरुमा आश्रित भएर जाने हुँदा उनीहरुले भनेको जसरी जीवन चलाईदिनु त्यहाँ पुगेपछिको बाध्यता रहेछ । अन्यथा उनीहरुले नेपाल फर्काउन सक्ने डर हुने भएकोले आफूले पीआर प्राप्त नगरुन्जेल उनीहरुले गरेका हरेक राम्रा वा नराम्रा हर्कतहरु सहनु पर्ने रहेछ । ममता पनि यस्तै बाध्यतामा परेकी छन् । किनकी उनी सक्षम, क्षमतावान महिला भएर पनि पीआरवालाकी डिपेन्डेन्ट हुन्छिन् ।
हामीले आफ्ना छोराछोरीलाई पढेर सक्षम बनाएपनि उनीहरुको बिदेश जाने चाहना पूरा गराउने बहानामा अनेक विकल्पसँग सम्झौता गर्न पुग्दछौ । जसमध्ये पहिलो प्रथामिकता डिपेन्डेन्ट । डिपेन्डेन्ट भिसाको शिकारमा पुरुष पनि परेका छन् ।
नेपालीको दिनप्रतिदिन बढ्दै गएको बिदेशी मोहले यस्ता घट्ना अझै बढ्लान् तर नघट्ने निश्चित छ । हामीले आफ्ना छोराछोरीलाई पढेर सक्षम बनाएपनि उनीहरुको बिदेश जाने चाहना पूरा गराउने बहानामा अनेक विकल्पसँग सम्झौता गर्न पुग्दछौ । जसमध्ये पहिलो प्रथामिकता डिपेन्डेन्ट । डिपेन्डेन्ट भिसाको शिकारमा पुरुष पनि परेका छन् । दोस्रो विकल्पमा विदेश पठाउन सक्षम परिवार हेरेर उसको छोरा वा छोरीसँग बिहे गराईदिने । जसमा उमेर र मन मिल्नु नपर्ने खाली बिदेश पठाउन सक्ने धनसम्पति मिले हुने । त्यसपछि सक्षम देखिएको परिवारका बाबुआमाले खाई नखाई ऋण खोजेर बिदेश पठाउछन् ।
विस्तारै उता छोराबुहारी वा छोरीज्वाँईको सम्बन्ध राम्रो छैन भन्ने खबर आउन सुरु हुन्छन् । बाबुआमालाई एकातिर ऋणको पीर अर्कोततिर सन्तानको ज्यान जाने हो की भन्ने पीर । यतिमात्रै होईन, नेपालबाट ऋण गरेर पठाएको कुरा बिदेशमा गएर बिर्सने, श्रीमतीसँग राम्रो सम्बन्ध रहुन्जेल घरपरिवारको सम्पर्कमा नै नआएर तनाव दिने सन्तानहरुको संख्या पनि कम छैन ।
यतिवेला विश्वभर छाएको आर्थिक मन्दिले चौतर्फी प्रभाव परिरहेको वेला नेपालमा आर्थिक मन्दीको सामना गर्ने उत्तम विकल्प बैदेशिक रोजगार बनेको छ । विकसित देशमा मात्रै होईन खाडी मुलुकमै भएपनि भिषा लगाउनेको कमी छैन । एकदिनमा नेपालको एयरपोर्टबाट करिब ५ हजार मानिस विभिन्न मुलुकमा जाने गरेका छन् ।
काम गर्न जानेले त गएपछि काम गर्न सुरु गर्छन, अध्ययनमा जानेले त घरमा बाबुआमालाई भारी ऋण बोकाएर बिदेश पुग्यो, बिदेश पुगेपछि पनि त्यति सजिलो कहाँ छ र ? आफ्नो सम्पूर्ण खर्चको व्यावस्थापन गरेर पैसा पठाउनु पर्नेछ । १८/२० वर्षको उमेरदेखि सुरु हुन्छ घण्टे जिन्दगी । कतिपयले काम पाउन नसकेका समाचार पनि आईरहेका हुन्छन् त कतिपयको परिवारिक माहोलमा बसी घर छाडेर गएपछि एक्लोपनको सामना गर्न नसकि आत्महत्या गरेका खबर आउने गर्दछन् ।
यतिवेला कतिपय नेपालीको विदेशिनु बाध्यता छ, कतिपयको रहर त कतिपयको देखासेखी । जसका कारण नेपाली बाबुआमा काखका सन्तानबाट सधैका लागि टाढा हुँदै गईरहेका छन् । छुट्टि मिलाएर २/३ वर्षमा एकपटक भेट्न आउने दिन गनेर बस्नु परको छ । सन्तानका सन्तान हेर्न डिपेन्डेन्टमा गएका बाबुआमा पनि खुशीसाथ त्यहाँको हावापानीमा रमाउन नसकेर फर्कने गरेका छन् । कोही बाबुआमाको गुनासो चाँही बिदेशमा गएर सन्तानले धेरैमाया र वास्ता नगेरको र त्यस्तो अपहेलनामा आफू बस्न नसकेको छ ।अन्तमा उनीहरु पनि त्यहाँ खुशी नभएर स्वदेश फर्कने गरेका छन् । अहिले अधिकांशका एक छोरा र एक छोरी हुन्छन्, तिनीहरु पनि अमेरिका, अष्ट्रेलिया लगायतका देशमा बस्छन् । अन्ततः अधिकांस बुवाआमाले बुढेसकालको आफ्नो बसाँई बृद्धाआश्रम हुने कल्पना गर्न लागिसकेका छन् ।
अहिले अधिकांशका एक छोरा र एक छोरी हुन्छन्, तिनीहरु पनि अमेरिका, अष्ट्रेलिया लगायतका देशमा बस्छन् । अन्ततः अधिकांस बुवाआमाले बुढेसकालको आफ्नो बसाँई बृद्धाआश्रम हुने कल्पना गर्न लागिसकेका छन् ।
हिजोआज कक्षा ९ मा पढ्ने बच्चालाई–‘तिमी भविष्यमा के बन्छौ ? भनेर सोधेमा “१२ पास गरेपछि विदेश जान्छु”–भन्ने जवाफ आउँछ । पहिले तिमी भविष्यमा के बन्ने ? भनेर सोध्दा–डाक्टर, इन्जिनियर, पाईलट भन्ने जवाफ आउँदथ्यो । पहिले मान्यजन र ठूलाको हातबाट टिका थाप्दा डाक्टर इन्जिनियर, शिक्षक, पाईलट आदि हुनु भनेर आशिष बर्सन्थ्यो । अहिले कुन देशमा भिषा एप्लाई गरेका छौ, सफल हुनु भनेर आशिष दिईन्छ ।
दक्ष र युवा जनशक्ति जति सबै बिदेशमा अनि यो देशमा डाक्टर, पाईलट र इन्जिनियर चाँहि को बन्छ ? भर्खरै नुवाकोटको एक विद्यालयमा १ जना गणित शिक्षकको विज्ञापन ९ पटक गर्दा पनि दरखास्त नपरेको समाचार आएको छ । पटक पटक फेल हुने नेता सत्तामा छ, ए पल्स ल्याउने जनशक्ति बिदेशमा । अब यो देशको शिक्षक को बन्छ सरकार ?
युवा जनशक्ति देशको नीति र राजनीतिक अवस्थाले दिनप्रतिदिन निराश छ । वर्षौदेखि जरो गाडेर पालैपालो सरकार चलाउनेहरुले पिण्ड नपाउन्जेल सत्तामै लर्बरिने निश्चित छ । नीति, नियम, ऐन, कानुन निरिहका लागि छ । भ्रष्टाचारले वषौंदेखि जरो गाडेको छ, त्यो जरो अझै झाँङ्गिदै जाला तर मक्केर सुक्नेवाला देखिँदैन । कोही २/४ जनाले परिवर्तन चाहेर परिवर्तन हुँदैन, बरु तिनै केही गर्छु भन्ने बालेन हर्क जस्ता मान्छे नै परिवर्तन गराउन लागिन्छ ।
आफ्ना सन्तानलाई बिदेश पठाउने बाबुआमा एरपोर्टमा बिदाई गर्दा मूर्छा पर्छन् तर सरकारको ध्यान छैन । विकासका बजेट भ्यू टावर र पार्कमा छ । युवा शक्तिलाई प्रथामिकता दिने कार्यक्रम आउँदैनन । आसेपासे पोस्ने र उपलब्धि नहुने शीर्षकमा बजेट खर्च लेखिन्छ । यहाँ वास्तविक उद्यमीले अनुदान पाँउदैनन् । नाम मात्रको उद्यमी देखाएर अनुदान पाउनेको स्थानीय तहदेखि मन्त्रालयसम्म भीड छ । यहाँ त्यस्तो नगरी देश चल्दैन, नत्र ५ वर्षपछि आउने चुनावका कार्यकर्ता भाँडिन्छन् ।
यो देशमा पालैपालो सरकार चलाउनेको ध्यान कता छ ? कम्तिमा भ्यूटावर, पार्क लगायत अनुत्पादक क्षेत्रमा लगानी गर्नुभन्दा उद्योग कल कारखानामा लगानी गरेर युवालाई रोजगारी दिलाउन पहल गर सरकार !
त्यसैकारण त ममता जस्ता कसैका छोरीचेली घरमा आर्थिक अवस्था कमजोर भएर डिपेन्डेन्डको लोभमा बिदेसिन्छन्, अनि बिदेशमा न सास छ न लास । १ वर्ष नपुग्दैका ममताका छोरी जस्ता धेरैले आमा गुमाउन पुग्दछन् । ममताका आमाबुवा जस्तै धरै आमाबुवा सन्तानको शोकमा पागल हुन्छन् । विदेश जानेको जसरी ताँती लाग्छ, त्यसरी लास आउनकोे ताँती पनि लागेकै छ ।
यो देशमा पालैपालो सरकार चलाउनेको ध्यान कता छ ? कम्तिमा भ्यूटावर, पार्क लगायत अनुत्पादक क्षेत्रमा लगानी गर्नुभन्दा उद्योग कल कारखानामा लगानी गरेर युवालाई रोजगारी दिलाउन पहल गर सरकार !
यो देशमा सरकारले होईन, आफ्ना सन्तानको भविष्य कोर्ने जिम्मा बाबुआमामा छ । सानैदेखि बिदेश पठाउने सपना देख्ने र देखाउनतिर भन्दा पनि स्वदेशमै केही गर्ने सपना देखाउनु पर्छ । यस्तै हो भने, अब नेपालका सरकारी कोटामा नोकरी गर्ने मान्छे बिदेशबाट ल्याउनु पर्ने अवस्था आउँदैछ ।
१८ वर्षदेखि माथिको युवाशक्ति यतिवेला कसैको घरमा बस्दैनन् । बसेका पनि भिषा लागाउने प्रकृयामा छन् । बिदेशमा कमाएर स्वदेशमा खाने होईन, स्वदेशमा कमाए बरु स्वदेशमै खान पाईन्छ । त्यसैले यहाँ कै माटोमा केही गर्न सिकाउन ढिला भईसक्यो । आफू मर्दा सन्तानको मुख देख्न नपाउने कुराले अहिलेदेखि नै बाबुआमालाई पोलिरहेको छ । आफूभन्दा अघि सन्तान मरेको वियोग कुनै आमाबाबुले भोग्न नपरोस ।
विदेशी भूमिमा हिँसाको मारमा परी अरु ममताहरु डिपेन्डेन्टमा जानु नपरोस् र यस्तो कहालिलाग्दो अवस्थाले मर्नु नपरोस् । १८/२० वर्षदेखि नै आफ्ना सन्तान बिदेशी भूमिमा पसिना बगाउँछन् । स्वदेशमा नै पसिना बगाउन सिकाउने शिक्षा सरकारको नीतिमा हुनुपर्दछ । हरेक आमाबुबाको सन्तानसँग फेसबुक, म्यासेञ्जरमा मात्र सिमित हुने भेटलाई अब क्रमशः कम गराउँदै जानु पर्दछ ।
–सापकोटा सहकारीकर्मी र महिला अधिकारकर्मी हुन् ।