Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल

काठमाडौं । सरकारको अन्ततः न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ । जसको मस्यौदा तयार पार्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित कार्यदल गठन  गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवद्वदय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । सरकारको न्यूनतम साझा कार्यक्रमबारे अरु सत्तारुढ दलहरुसँग पनि छलफल गर्ने निर्णय भएको छ ।

गत १७ असारमा भएको सहमति अनुसार ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपनि पनि न्यूनतम साझा कार्यक्रमबारे अन्योल थियो । 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update