Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
को बन्ला नयाँ प्रधानन्यायधीस ?

काठमाडौं । भाबी प्रधानन्यायधीसका लागि योग्य न्यायधीसहरुको सुची संवैधानिक परिषदको सचिवालय पुगेको छ । न्यायपरिषदले उक्त सूची संवैधानिक परिषदमा पठाएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी १९ असोजमा ६५ वर्षे उमेरहदका कारण अवकाश लिँदैछन् ।

उनको अबकासपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया अघि बढाएको हो । सर्वोच्च अदालतमा ३ वर्ष न्यायाधीश भइसकेकाहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोज शर्मा, डा. कुमार चुडाल, डा. नहकुल सुवेदी सिफारिसको सूचीमा छन् । 

यी मध्ये न्यायाधीश ढुंगाना कात्तिकको पहिलो साता अवकाश हुदैछन् । अहिलेसम्मको अभ्यास अनुसार, संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्दै आएको छ ।

त्यो अभ्यास कायम रहेमा न्यायाधीश राउत प्रधानन्यायाधीशमा सिफारिस हुनेछन् । उनको नाम अनुमोदन भएमा उनले करिव १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् । प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update