Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको एक विद्यालयबाट हराएका बालक मृत अबस्थामा भेटिए
प्रतिकात्मक तस्बिर

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–१ स्थित एक विद्यालयबाट बेपत्ता बालक मृत अबस्थामा भेटिएका छन् । बुद्ध प्राथमिक विद्यालयबाट गत भदौ १२ गते हराएका दुई मध्ये एक बालक मृत भेटिएका हुन् । १३ वर्षिय सर्लाहीका विशाल थापामगर र ११ वर्षका सुशील रानामगर दिउँसोको खाजा खाएपछि विद्यालयबाटै हराएकामा विशालको शव जंगलमा सडेको अवस्थामा फेला परेको हो ।

उनको शव हात्ती छहरा नजिकको घना जंगलमा फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई भीमेश्वर–१ सुस्पाको अधिकारका लागि बाल संरक्षण केन्द्रले आश्रय दिईरहेको थियो । उनीहरु अभिभावकविहिन हुन् । प्रहरीका अनुसार अर्का एक अझै फेला नपरेका कारण खोजी कार्य जारी छ । 

गत वर्ष पनि साउन २३ गते सोही केन्द्रमा आश्रित रही उक्त विद्यालमा विद्यालयमा अध्ययनरत ११ बर्षका रामेछापका धनबहादुर नेपाली र ९ बर्षका सोलुखुम्बुका अनिल सुन्दास हराएका थिए । उनीहरू पनि अहिलेसम्म फेला परेका छैनन् ।
उनीहरु किन विद्यालय छाडेर सम्पर्कविहीन बने अझै खुल्न सकेको छैन् । 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update